धादिङका राजेन्द्र अधिकारी र सिन्धुलीका हेमराज न्यौपाने ४५ ग्राम सुनसहित पक्राउ

धादिङ,०७ बैशाख ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४५ ग्राम सुनसहित दुई जना पक्राउ परेका छन् ।

मंगलबार एयर अरेबियाको विमानबाट दुबई हुँदै काठमाडौं आएका धादिङको निलकण्ठ नगरपालिका–७ का ३४ वर्षीय राजेन्द्र अधिकारी र सिन्धुलीको तिनपटन गाउँपालिका–३ का २२ वर्षीय हेमराज न्यौपानेलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो ।

प्रहरीले राजेन्द्रको साथबाट पनि ४५ ग्राम तौल बराबरको १ थान सुनको सिक्री र १ थान आईफोन प्रो म्याक्स बरामद गरेको छ । त्यस्तै हेमराजको साथबाट ४५ ग्राम तौल बराबरको १ थान सुनको सिक्री र १ थान आईफोन १३ प्रो म्याक्स बरामद गरेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्