एकैदिन चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाडौं, ७ वैशाख ।

चट्याङ लागेर काभ्रेपलाञ्चोक र मकवानपुरमा मंगलबार दुई जनाको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–७ ठूलोबासपुर केराबारी बस्ने १६ वर्षीया कान्छि माया मोक्तानको चट्याङ लगेर मंगलबार साँझ मृत्यु भएको हो । 

आफ्नै घरमा अचानक परेको चट्याङ लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

यस्तै, मकवानपुरको राक्सिराङ गाउँपालिका–८ गोर्याङ बस्ने ६५ वर्षीय जित बहादुर गोलेको पनि चट्याङ लगेर मंगलबार साँझ मृत्यु भएको छ। 

आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङको झड्का लाग्दा गम्भीर घाइते भएका उनको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  

गतवर्ष २०३ वटा चट्याङका घटनामा परी ५६ जनाको मृत्यु भएको थियो भने १७९ जना घाइते भएका थिए ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्