गणेशमान स्मृति रोड रेस १७ वैशाखमा 

काठमाडौं, ७ वैशाख । 

गणेशमान सिंहको स्मृतिमा १७ वैशाखमा  तेस्रो संस्करणको रोड रेस  आयोजना हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने रोड रेसमा १० किलाेमिटर  र ५ किलाेमिटरका दुई स्पर्धा हुनेछन् । 

१० किलाेमिटर दौडमा महिला तथा पुरुष तर्फका विजेताले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो हुनेले ३० हजार रुपैयाँ , तेस्रो हुनेले १५ हजार रुपैयाँ,  चौंथो हुनेले १० हजार रुपैयाँ र पाँचौं हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

रेस दरबारमार्गबाट सुरु भई यहि सम्पन्न हुनेछ । संस्करणमा पुरुष र महिला दुवै तर्फ पाँच किलाेमिटर  दौड थप गरिएको छ ।

प्रतियोगितामा रेकर्ड कायम गर्ने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्