२४ घन्टामा १३ संक्रमित थपिए,२५ जना स्वस्थ हुदाँ मृत्यु शून्य

धादिङ,०७ बैशाख ।  

देशभर थप १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

गत २४ घन्टामा देशभर ३ हजार ८७७ कोरोना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा.संगिता मिश्राले प्रेस ब्रिफिङका क्रममा बताउनुभयो । 

जसमा २ हजार ५२८ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ३४९ एन्टीजेन परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप २५ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ । योसँगै नेपालमा हालसम्म कोरोना भने ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ। 

हाल देशभर सक्रिय सङ्क्रमितको सङख्या ३ सय १८ रहेको छ ।देशभर आजसम्म ११ लाख १८ हजार ८६० कोभिड संक्रमित भएको मन्त्रालयकी प्रवक्ता डा.मिश्राले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्