सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धन भित्रै मित्रवत प्रतिस्पर्धा गर्ने 

काठमाडौं, ७ वैशाख । 

सत्तारुढ दलहरुले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धन भित्र मित्रवत प्रतिस्पर्धा गर्ने जनाएका छन् । 

पाँच दलले बुधबार ६ वटा महानगरपालिका र ११ वटा उप–महानगरपालिकामा भागबण्डा मिलाई जारी गरेको विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ । 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आज ६ वटा महानगरपालिका र ११ वटा उप–महानगरपालिकाको भागबण्डा मिलाएका हुन् । 

‘पाँच दलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावना अनुरुप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्व सिट बाँडफाँट तथा उम्मेदवारहरुको चयन गर्न निर्देश गरिन्छ ।

साथै, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्ध भित्रै मित्रवत प्रतिस्पर्धा गर्न सकिने समेत समझदारी भयो,’ पाँच दलले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्