भैरहवा, ८ वैशाख
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे धावनमार्गमा आजबाट उडान र अवतरण सुरु भएको छ । रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भई उद्घाटनको तर्खरमा रहेको विमानस्थलमा बिहान ७ बजेर १५ मिनेटमा यती एयरले पहिलाे उडान भरेर र ७ बजेर ४५ मिनेटमा बुद्ध एयरले पहिलो अवतरण गरी रनवे प्रयोगमा ल्याइएकाे हाे ।
१५ सय मिटर लामो धावनमार्गबाट आन्तरिक उडान गर्दै आएको विमानस्थलले नवनिर्मित धावनमार्गबाट अबको आन्तरिक उडान गर्ने निश्चित भएको हो । सन् १९५८ जुलाई ८ तारिखबाट संचालनमा आएको गौतमबुद्ध विमानस्थलले ६४ वर्षको अन्तरालमा नयाँ धावनमार्गबाट उडान सुरु गरेको छ ।
एरोनटीकल इर्न्फमेसन रेगुलेसन एन्ड कन्ट्रोल (एयरर्याक) मा निर्माण सम्पन्न भएको विमानस्थलको ३ किलोमिटरको धावनमार्गसहित हवाइ रुट, नेभिगेसन र एयरपोर्टको जानकारी र सुविधा पठाएर अद्यावधिक भएपछि ककपिटमा नयाँ रनवे देखिएको छ । अब सबै उडान र अवतरण पुरानो रनवमा नभएर नयाँ रनवेमा हुन्छ, पुरानो रनवेलाई टयाक्सी वे मा परिणत गरिएको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दहालले बताए ।
आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनी बुद्ध, यती, श्री, सौर्य, गुण लगायतले उडान-अवतरण नयाँ धावनमार्गबाट गर्ने भएका छन् । भैरहवा विमानस्थलमा दैनिक १५ देखि २८ वटा आन्तरिक उडान हुँदै आएको छ ।
नेपालकै दोस्रो अन्तराष्ट्रिय विमानस्थलरहेको गौतमबुद्ध विमानस्थल बुद्धजयन्तीकै अवसर पारेर अन्तर्राष्ट्रिय उडानको उद्घाटन जेठ २ गतेबाट हुँदैछ ।
विमानस्थल सञ्चालन नागरिक उड्डयन प्राधिकरणले, ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमले, फ्लाइट क्याटरिङको सेवा सोल्टी क्राउनले र कार्गाे व्यवस्थापनको काम नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्ने गरी तयारी रहेको महाप्रबन्धक दहालले बताए ।
अन्तर्राष्ट्रिय उडानको तयारीअनुसार विमानस्थल कार्यालयले भन्सार विभाग, अध्यागमन विभाग तथा सुरक्षा निकाय लगायतसँगको छलफलपछि जेठ २ गते अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीअनुसार १५ दिन पहिल्यै उडान सेवा दिन तयारी अवस्थामा रहन पत्र काटिसकिएको उनले बताए । विमानस्थलको ग्राउन्ड ह्यान्डलिङका लागि नेपाल एयरलाइन्सले जहाजबाट ओर्लन प्रयोग हुने भर्याङ, लगेज क्यारिअरजस्ता साधन विमानस्थल पुर्याइसकेको छ ।
![Avatar](https://fileswarehouse.com/newskarkhana/news-photos/airport-1-.JPG.jpg?X-Amz-Content-Sha256=UNSIGNED-PAYLOAD&X-Amz-Algorithm=AWS4-HMAC-SHA256&X-Amz-Credential=UK1831257KPP38AKWJ01%2F20220421%2Fus-west-1%2Fs3%2Faws4_request&X-Amz-Date=20220421T031244Z&X-Amz-SignedHeaders=host&X-Amz-Expires=604800&X-Amz-Signature=535c419b78d69017e16cc59c1c708dea2db65f2ddbbc8897113777e039507fa7)
![Avatar](https://fileswarehouse.com/newskarkhana/news-photos/airport-2-.JPG.jpg?X-Amz-Content-Sha256=UNSIGNED-PAYLOAD&X-Amz-Algorithm=AWS4-HMAC-SHA256&X-Amz-Credential=UK1831257KPP38AKWJ01%2F20220421%2Fus-west-1%2Fs3%2Faws4_request&X-Amz-Date=20220421T031244Z&X-Amz-SignedHeaders=host&X-Amz-Expires=604800&X-Amz-Signature=0a2d807bd2bfdf4960400338b0a96463b88b9a0f96370b1dc05539315b072d59)
![Avatar](https://fileswarehouse.com/newskarkhana/news-photos/airport-3-.JPG.jpg?X-Amz-Content-Sha256=UNSIGNED-PAYLOAD&X-Amz-Algorithm=AWS4-HMAC-SHA256&X-Amz-Credential=UK1831257KPP38AKWJ01%2F20220421%2Fus-west-1%2Fs3%2Faws4_request&X-Amz-Date=20220421T031244Z&X-Amz-SignedHeaders=host&X-Amz-Expires=604800&X-Amz-Signature=1a64e2104e9c5b9a8e72ba69798fca6eb72a6286a3ba3159d0cc7452b8e485f2)
![Avatar](https://fileswarehouse.com/newskarkhana/news-photos/airport-4-.jpg.jpg?X-Amz-Content-Sha256=UNSIGNED-PAYLOAD&X-Amz-Algorithm=AWS4-HMAC-SHA256&X-Amz-Credential=UK1831257KPP38AKWJ01%2F20220421%2Fus-west-1%2Fs3%2Faws4_request&X-Amz-Date=20220421T031244Z&X-Amz-SignedHeaders=host&X-Amz-Expires=604800&X-Amz-Signature=34d1321a8c93774586879bdfae643fa110dcd09e6567bfb86d1610675ad926cd)
![Avatar](https://fileswarehouse.com/newskarkhana/news-photos/airport-5-.JPG.jpg?X-Amz-Content-Sha256=UNSIGNED-PAYLOAD&X-Amz-Algorithm=AWS4-HMAC-SHA256&X-Amz-Credential=UK1831257KPP38AKWJ01%2F20220421%2Fus-west-1%2Fs3%2Faws4_request&X-Amz-Date=20220421T031244Z&X-Amz-SignedHeaders=host&X-Amz-Expires=604800&X-Amz-Signature=c165a82232706f7133d7f15bee3ff7f58e812cddddb5df5eb08b5dad48f8a0ed)
![Avatar](https://fileswarehouse.com/newskarkhana/news-photos/airport-6-.JPG.jpg?X-Amz-Content-Sha256=UNSIGNED-PAYLOAD&X-Amz-Algorithm=AWS4-HMAC-SHA256&X-Amz-Credential=UK1831257KPP38AKWJ01%2F20220421%2Fus-west-1%2Fs3%2Faws4_request&X-Amz-Date=20220421T031244Z&X-Amz-SignedHeaders=host&X-Amz-Expires=604800&X-Amz-Signature=36917701330f925bfabbe53ca7dd6259e812e7d9866f0d1ca88230882942161c)
![Avatar](https://fileswarehouse.com/newskarkhana/news-photos/airport-7-.JPG.jpg?X-Amz-Content-Sha256=UNSIGNED-PAYLOAD&X-Amz-Algorithm=AWS4-HMAC-SHA256&X-Amz-Credential=UK1831257KPP38AKWJ01%2F20220421%2Fus-west-1%2Fs3%2Faws4_request&X-Amz-Date=20220421T031244Z&X-Amz-SignedHeaders=host&X-Amz-Expires=604800&X-Amz-Signature=f468664c73e7b2b8d09c3e9bd4f53510061029961f755afbbf006c50867fee05)