कांग्रेस बागमतीद्धारा निर्वाचनको लागि जिल्ला संयोजक खटायो, धादिङमा सन्तबहादुर प्रजा

काठमाडौं,०८ बैशाख ।  

नेपाली कांग्रेस बागमती प्रदेश समितिले आसन्न स्थानीय तहको निर्वाचनको लागि १३ वटै जिल्ला संयोजक तोकेको छ । 

प्रदेशका सबै जिल्लामा निर्वाचनमा समन्वयकारी भूमिका निर्वाह गर्नको लागि कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले जिल्ला संयोजक तोक्नुभएको हो । 

बागमती प्रदेशका उप–सभापति चन्द्र महर्जनको संयोजकत्व एबम् निर्देशनमा रहने गरी जिल्लाका सम्बन्धित पालिकाहरुमा तोकिएका प्रदेश प्रतिनिधिहरूसँग समन्वयकारी भुमिका निर्वाह गर्न जिल्ला संयोजक खटाएको हुन् । 

जसमा धादिङमा सन्तबहादुर प्रजा, काभ्रेपलान्चोकमा कञ्चनचन्द्र बादै, काठमाण्डामा राजु श्रेष्ठ, चितवनमा दीर्घमान श्रेष्ठ, ललितपुरमा क्राधिराम घिमिरे, नुवाकोटमा जीवन डंगोल रहेका छन् । 

यसैगरी सिन्धुपाल्चोकमा हरिशरण श्रेष्ठ, भक्तपुरमा कृष्णलाल भँडेल, मकवानपुरमा निमा लामा, दोलखामा प्रभात तामाड,. रसुवामा लामाकार्पु तामाङ, सिन्धुलीमा दिपेन्द्र आचार्य र रामेछापमा भद्रा पराजुली भण्डारी तोकिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्