निजी ल्याबको रिपोर्टको आधारमा ‘कोरोना बीमा’ को दाबी भुक्तानी नहुने

काठमाडौं । सरकारी ल्याबबाहेक अरुले गरेको कोरोना परीक्षणलाई मान्यता नदिन बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले बिहीबार कोरोना बीमालेख बिक्री गरिरहेका २० वटै निर्जीवन बीमा कम्पनीलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो । 

बीमा समितिले बिहीबार जारी गरेको निर्देशनमा कोरोना बीमा मापदण्ड २०७७ को परिच्छेद ३ को दफा ११ अनुसार नेपाल सरकार स्वस्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोनाभाइरस संक्रमण देखिएमा मात्रै भुक्तानी गर्ने व्यवस्था गर्न भनिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्