स्थानीय तह निर्वाचनमा पत्रकार उम्मेदवार बने सदस्यता स्वतः खारेज हुने 

काठमाडौं, ७ वैशाख । 

नेपाल पत्रकार महासंघले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेले महासंघको सदस्यता त्याग्न आग्रह गरेको छ । 

महासंघका महासचिव रोशन पुरीले बिहीबार विज्ञप्ति जारी गरेर महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न आग्रह गरेका हुन् । 

बिहीबार भर्चुअल माध्यमबाट केन्द्रीय समितिको बसेको पाँचौं पूर्ण बैठकले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न आह्वान गरेको उनले जानकारी दिए । 

साथै महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने बैठकले निर्णय गरेको महासचिव पुरीले जानकारी दिए । 

उनका अनुसार निर्वाचनका समयमा महासंघका सदस्यहरूको भूमिकाको अनुगमन गरी यथार्थ विवरण संकलन गर्न महासंघको आचारसंहिता अनुगमन विभाग र अनुशासन समितिलाई जिम्मा दिइएको छ ।

Avatar

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्