राप्रपा नेपालका अध्यक्ष कमल थापा भोली शुक्रबार धादिङ आउदै

धादिङ, ०८ बैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापा भोली धादिङ आउदै हुनुहुन्छ ।

राप्रपा नेपाल जिल्ला कार्यसमिति धादिङको आयोजनामा हुने राप्रपा नेपाल बृहत पार्टी प्रवेश तथा जिल्ला घोषणा सभा सभालाई सम्बोधन गर्न धादिङबेशी आउन लाग्नुभएको राप्रपा नेपालका केन्द्रिय सदस्य निर बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष थापाले भोली दिउँसो १२ः०० बजे सभालाई सम्बोधन संगै बृहत पार्टी प्रवेश गराउने कार्यक्रम रहेको श्रेष्ठले बताउनुभयो । थापा नेतृत्वको राप्रपा नेपालले संगठन विस्तारलाई तिव्रता दिएको छ ।

राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापा लाक्पा तामाङको अध्यक्षतामा गठन भएको राप्रपा नेपालको अध्यक्ष हुनुभएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्