१५ जनामा संक्रमण पुष्टि हुँदा ३२ संक्रमित स्वस्थ

धादिङ,०८ बैशाख ।

देशभर थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर ३ हजार ५४७ कोरोना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमा २ हजार ८३ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा १२ र १ हजार ४६४ एन्टीजेन परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ३२ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भने ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङख्या २ सय ९८ रहेको छ ।देशभर आजसम्म ११ लाख १८ हजार ८७५ कोभिड संक्रमित भएको मन्त्रालयकी प्रवक्ता डा.मिश्राले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्