कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

काठमाडौं, ८ वैशाख 

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली (शुक्रबार) दिउँसो २ बजे बस्ने भएको छ । 

बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बस्ने जनाइएको छ । 

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ । 

बैठकमा स्थानीय तह निर्वाचन र उम्मेदवारी सम्बन्धमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेले बताएका छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्