जसपा केन्द्रीय सदस्यद्वय डा. मिक्रानी र यमबहादुर माओवादीमा प्रवेश

काठमाडौं, ९ वैशाख । 

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्यद्वय डा अब्दुर रहिम मिक्रानी र यमबहादुर घर्तीमगर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूले उनीहरुलाई स्वागत गरेका थिए । 

सो क्रममा जसपाका प्रदेश समिति सदस्य दिलीप थापामगर पनि माओवादी केन्द्रमा प्रवेश गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्