धादिङमा गठबन्धनलाई बाँडफाँडमा सकस : दलहरुको आ–आफ्नै दावी

धादिङ, ०९ बैशाख ।
धादिङमा गठबन्धन दलहरुलाई स्थानिय तह बाँडफाँड मिलाउन सकस परेका छ । गठबन्धन दलहरुले आ–आफ्नै दावी गरेका कारण उम्मेदवारी दिने समय नजिँकिँदै गर्दा समेत भागवण्डामा पुग्न सकेका छैनन् ।

यसअघि नेपाली काँग्रेसले ७, नेकपा माओवादीले ३ र समाजवादी पार्टीले ३ पालिका प्रमुख लिने सहमति भएपनि पालिका भागवण्डा गर्दा दावी अनुसार भाग नपुगेको भन्दै पुनः नयाँ सिराबाट वैठक सुरु भएको थियो ।

गजुरी गाउँपालिकामा काँग्रेस, समाजबादी र माओवादी केन्द्रले नै दावी नछाडेपछि गजुरी बाहेकको पालिका भागवण्डा गरेर गठबन्धन दलको बैठक सकिएको बैठकमा सहभागि एक नेताले जानकारी दिएका छन् ।

गठबन्धनमा सहभागी जनता समाजबादी पार्टीलाई धादिङमा जनमत नभएको भन्दै बैठकमा अन्य गठबन्धन दलले नराखेपछि बैठक छाडेर हिडेको जनता समाजबादीका नेता राजु नेपालले जानकारी दिनुभयो । धादिङमा जनता समाजबादीको जनमत रहेको र स्थानीय तहको निर्वाचनमा प्रभाव पार्न सक्ने नेपालले बताउनुभयो । जिताउने र हराउने निर्णायक मत जसपासँग रहेको जसपाले जनाएको छ ।

यसअघिको बैठकमा जिल्ला स्तरमा सहमति नभएपनि स्थानीय स्तरमा भने गठबन्धन हुने नेताले बताएका थिए । गठबन्धन सफल नभएपनी सरकारमा सहभागी दलहरूबिच मित्रवत् व्यवहारका साथ चुनावमा जाने भने भद्र समहती भएको बुझिएको छ ।

आईतबार बसेको गठबन्धनको बैठकमा कुरा नमिलेपछि एक अर्कालाई मित्रवत् व्यवहार गरेर चुनावमा जाने मोटामोटी सहमति भएको बैठकमा सहभागि एक नेताले जानकारी बताएका थिए । भागबण्डामा कुरा नमिलेपनि आवश्यकताअनुसार पालिका तथा वडा स्तरमा मिल्न सक्ने गरी चुनावमा जाने सहमति भएको बुझिएको छ । (फाईल तस्विर)

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्