काठमाडौंमा ५३ वर्षीया महिला बलात्कृत 

काठमाडौं, ११ वैशाख । 

काठमाडौंमा ५३ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङ बंगलाचुली गाउँपालिका–३ बस्ने २४ वर्षीय गुरु प्रसाद बिसीलाई शनिबार पक्राउ गरेको छ । 

गुरु प्रसादले ती महिलालाई काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्क स्थित गेष्ट हाउसमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ । 

बलात्कार गरेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्