थप १३ जनामा कोरोना संक्रमण, २७९ जना सक्रिय संक्रमित

धादिङ,११ बेशाख ।

 देशभर थप १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर ४ हजार २५५ कोरोना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसमा ३ हजार १४४ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको छ भने ११ सय ११ एन्टीजेन परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप २५ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् । 

हाल देशभर सक्रिय सङ्क्रमितको सङख्या २ सय ७९ रहेको छ । देशभर आजसम्म ११ लाख १८ हजार ९०६ कोभिड संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्