धादिङमा ५ सय ३० लिटर अवैध घरेलु मदिरा नष्ट

धादिङ प्रहरीले ५ सय ३० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । बिहिबार जिल्ला प्रहरी कार्यालय धादिङले नीलकण्ठ नगरपालिका वडा नं. ३ धादिङबेशी बजारमा रहेको होटल तथा रेष्टुरेण्टहरुबाट संकलन गरेको ५ सय ३० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रबक्ता तथा सुचना अधिकारी सरोज राईले जानकारी दिनुभयो । प्रहरीले मदिरा सँगै मदिरा बनाउने ७ सय लिटर कच्चा पदार्थ समेत बरामद गरी नष्ट गरेको राईले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्