उम्मेदवारी दिनेको संख्या साढे १८ हजार नाघ्यो 

काठमाडौं, १२ वैशाख । 

स्थानीय तहको निर्वाचनको विभिन्न पदमा हालसम्म १८ हजार ७४२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन यही वैशाख ३० गते हुँदैछ । 

निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो १ बजेसम्म उक्त संख्यामा उम्मेदवारी परेको हो । उम्मेदवारी सोमबार बेलुकी पाँच बजेसम्म दिन पाइनेछ । 

उम्मेदवारी दिनेमध्ये प्रदेश १ मा ३ हजार ३५३, मधेश प्रदेशमा ५ हजार ६७६, बागमती प्रदेशमा २ हजार ५४४, गण्डकी प्रदेशमा १ हजार १७६, लुम्बिनी प्रदेशमा ४ हजार ९१, कर्णाली प्रदेशमा ७७९ र सुदूरपश्चिम प्रदेशमा १ हजार १२३ जना रहेका छन् । 

आयोगका अनुसार हालसम्म प्रमुख पदमा ८६३, अध्यक्ष प्रदशमा ६९५, उपप्रमुख पदमा ४२४, उपाध्यक्ष पदमा ३८९, वडा अध्यक्ष पदमा ५ हजार ५४, महिला सदस्य पदमा ६ हजार १०८, दलित महिला सदस्यमा २ हजार ८५४ र सदस्यमा २ हजार ३५५ जनाले उम्मेदवारी दिएका छन्। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्