क्यानले आयोजना गर्ने ‘नेपाल टी-२०’  लाई राखेपको मान्यता

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० क्रिकेट प्रतियोगितालाई आधिकारिक मान्यता दिँदै आयोजना गर्ने भएको छ ।

क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै आधिकारी प्रतियोगिताको रूपमा नेपाल टी-२० आयोजना गर्ने घोषणा गरेको हो ।

हाल नेपालमा निजी क्षेत्रबाट एभेरेष्ट प्रिमियर लिग (इपिएल), धनगढी प्रिमियर लिग (डिपिएल) र पोखरा प्रिमियर लिग (पिपिएल) जस्ता चर्चित फ्रेन्चाइज लिगहरु आयोजना हुँदै आएका छन् ।

नेपाल टी-२० भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस व्यावसायिक साझेदारको रूपमा रहने छ । यसअघि सेभेन थ्री स्पोर्टसले क्यानसँग १० वर्षे समझदारी गरे पनि पछि आठ वर्षमा झारेको थियो ।

क्यानले आठ वर्षमा सेभेन थ्रीसंँग सम्झौता अनुसार करिब ३१ करोड हाराहारी आर्थिक रकम प्राप्त गर्नेछ ।

क्यानले प्रतियोगिता आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति पाइसकेको छ ।

प्रतियोगिता घोषणापछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल टी-२० नेपाली क्रिकेट, विशेष गरी क्रिकेटमा भविष्य खोजिरहेका युवाहरूका लागि ठूलो पहल हुने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्