जापान बस्दै आएका धादिङका कृष्णकुमार खड्का ६ दिनदेखि बेपत्ता

धादिङ,१४ बैशाख ।
जापानको राजधानी टोकियो नजिक चिवामा बस्दै आएका धादिङका ३३ बर्षीय कृष्णकुमार खड्का ६ दिनदेखि सम्पर्कविहीन भएका छन् ।

गत शुक्रबार काममा जाने भन्दै निस्केका खड्का सोहीदिनदेखि सम्पर्कविहीन भएको उनकी श्रीमती कविता बस्नेतले जानकारी दिनुभयो । खड्का केही वर्षदेखि श्रीमतीका साथ जापान बस्दै आएका थिए ।

सधैँजस्तो काममा जाने भन्दै घरबाट बिहान निस्किएका खड्का राति अबेससम्म पनि सम्पर्कमा नआएपछि खोजी कार्य सुरु भएको र अहिलेसम्म पत्ता नलागेको श्रीमती बस्नेतले बताउनुभयो । खोजीका लागि जापान प्रहरी र टोकियोस्थित नेपाली दुतावासमा समेत निवेदन दिइएको छ ।

प्रहरीबाट समेत कुनै जानकारी नआएकाले एनआरएनए केन्द्रसँग संयोजन गरी वकीलमार्फत प्रहरीलाई निबेदन दिने गरी छलफल भइरहेको एनआरएनए चिवाका संयोजक मुक्तिराज रेग्मीले बताउनुभयो ।

यस्तै टोकियोस्थित नेपालीदुतावासले सम्पर्कविहीन खड्काको खोजी कार्यका लागि विभिन्न निकायसँग सहकार्य भइरहको बताएको छ । सम्पर्कविहीन खड्काको खोजीका लागि जापानको विदेशमन्त्रालय र कानूनमन्त्रालय अन्तर्गतको अध्यागमन बिभागलाई पत्राचार गर्ने बिषयमा समेत विभिन्न पक्षसँग छलफल भइरहेको उहाँँको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्