थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, १८ जना स्वस्थ

धादिङ,१५ बैशाख ।

देशभर थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर ५ हजार ८७५ कोरोना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमा ४ हजार ८८२ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएका र ९ सय ९३ एन्टीजेन परीक्षणमा शुन्य रहेको छ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप १८ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङख्या २ सय ४९ रहेको छ । देशभर आजसम्म ११ लाख १८ हजार ९६३ कोभिड संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्