देउवाको चाहना धिरजप्रताप, गृह मन्त्रालयको चाहना विश्वराज

काठमाडौं, १८ वैशाख ।

सरकारले आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रमुख नियुक्त गर्दै छ । त्यसका लागि आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बिहान ११ बजेलाई बोलाइएको मन्त्रिपरिषद् बैठक अहिलेसम्म बस्न सकेको छैन । नेपाल प्रहरीमा कसलाई महानिरीक्षक बनाउने विषयमा गृह मन्त्रालय र प्रधानमन्त्री शेरबहादुर देउवाबीच विभेद छ । 

गृह मन्त्रालयले नेपाल प्रहरीका नयाँ आईजीपीको लागि एआईजी विश्वराज पोखरेललाई सिफारिस गरेको छ । गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा सिफारिस समितिले पोखरेललाई आईजीपमा बढुवा गर्न सिफारिस गरेको हो । तर, प्रधानमन्त्री देउवाले भने वरीयताको तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने अडान लिएका छन् ।

जसले गर्दा गृह मन्त्रालयको सिफारिस फेल हुने देखिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार देउवाले सिंहलाई नै आईजीपी बनाउने अडान लिएका हुन् । जसले गर्दा आइतबारको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गर्ने गृह मन्त्रालय स्रोतको दाबी छ । 

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीभित्र रहेको चेनअफ कमाण्डलाई नभत्काउने आशय व्यक्त गरेका थिए । सोही अनुसार पोखरेललाई नै आईजीपी बनाउनुपर्ने उनको माग थियो ।

देउवाले आफ्नो मान्छे भन्दै डीआईजीको सातौं नम्बर बरियतामा रहेका सिंहलाई पहिलो नम्बरमा राखेर एआईजीमा बढुवा गराएका थिए । 
डीआईजीबाट एआईजीमा बढुवा गर्दा सिफारिस समितिमा देउवा नै हावी भएका थिए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्