धादिङमा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल

धादिङ,१८ बैशाख ।
धादिङमा नेकपा एमाले र राप्रपा नेपालबीच तालमेल भएको छ । आसन्न बैशाख ३० गते हुने गईरहेको स्थानिय तहको निर्वाचनमा नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा (नेपाल) बीच चुनावी तालमेल भएको हो ।

आईतबार नेकपा एमाले धादिङका पार्टीका सचिव अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) र राप्रपा नेपालका केन्द्रिय सदस्य निर बहादुर श्रेष्ठले हस्ताक्षर गर्नुभएको बिज्ञप्तीमा देशकै ठूलो राजनितक दल एमाले र राप्रपा नेपालबिच देशको राष्ट्रियता, स्वाभिमान र संविधानको रक्षागर्ने मुल उद्धेश्यको साथ चुनावी तालमेल भएको उल्लेख गरिएको छ ।

साथै धादिङ जिल्लाको १३ वटै स्थानिय तहहरुमा तालमेललाई कार्यन्वयन गर्न र गराउन पालिका प्रमुख र वडा प्रमुखलाई निर्देशन दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्