२० जनामा कोरोना संक्रमण पुष्टि हुँदा २७ संक्रमित डिस्चार्ज

धादिङ,१८ बैशाख ।

देशभर थप २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर ३ हजार २२२ कोरोना परीक्षण गर्दा २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमा २ हजार ५०८ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा १८ जना र ७ सय १४ एन्टीजेन परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप २७ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङख्या २ सय २२१ रहेको छ । देशभर आजसम्म ११ लाख १९ हजार २ कोभिड संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्