उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त तर आचारसंहिता भने उल्लङ्घन 

धादिङ,१८ बैशाख । 

निर्वाचन नजिकिदै गर्दा राजनीतिक दल तथा उम्मेद्वारहरू चुनावी प्रचारमा व्यस्त भएका छन् । निर्वाचन आयोगले आचारसंहिता पालना गर्न बारम्बार आग्रह गरिरहेको छ ।

तर सभा सम्मेलन तथा प्रचारमा आचारसंहिता उल्लङ्घन भइरहेको पाईएको छ । निर्वाचन आचारसंहिता २०७८ मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी, क्याप , भेष्ट , ज्याकेट, कमिज, गम्छा, मास्क लगाउन वा लकेट वा झोला बोक्न पाइदैन । 

तर हरेक जसो सभामा कार्यकर्ताहरूले यस्ता सामग्रीको प्रयोग गरिहरेको पाईएको छ । निर्वाचन आचारसंहिता अनुसार उम्मेद्वारले ए फोर आकारको कागजमा आफ्नो विवरण खुलाइ प्रचार गर्न पाउने छन् । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन नगर्न बारम्बार आग्रह गरि रहेको छ ।

तर आचारसंहिता उल्लङ्घनका घटनामा कमि आएको छैन । यसैबीच, उम्मेद्वारहरूले चुनाव चिन्ह प्राप्त गरेपछि सामाजिक सञ्जाल मार्फत प्रचारलाइ तिव्रता दिएका छन् । राष्ट्रिय मान्यता प्राप्त राजनितिक दलले आ आफ्नै चुनाब चिन्ह प्राप्त गरेको भएपनि स्वतन्त्र उम्मेद्वारहरूले भने हिजो चिन्ह प्राप्त गरेका थिए । 

चुनाब चिन्ह पाएपछि आ आफ्नो चुनाब चिन्हमा मत माग्दै उम्मेदवारहरू सामाजिक सञ्जालमा केन्द्रीत बनेका छन् । उम्मेद्वारहरूले फेसबुक, टिकटक, युट्युव तथा ट्वीटर जस्ता सामाजिक सञ्जाल मार्फत आफ्नो प्रचार गरिरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्