ईद पर्वको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौं, १९ वैशाख ।

सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयलले सोमबार विज्ञप्ति निकालेर मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र)को अवसरमा मंगलबार सार्वजनिक दिएको जानकारी दिएको हो । 

‘मस्लिम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भए बमोजिम उक्त बिदा २० वैशाख मंगलबार कायम भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, गृहले जारी गरेको सूचनामा उल्लेख छ  । 

मंगलबार ईद परेको भन्ने मुस्लिम आयोगका सिफारिसका आधारमा गृहले सार्वजनिक बिदाको सूचना जारी गरेको हो ।  

हेर्नुहोस् गृहमन्त्रालयको विज्ञप्ति :

May be an image of text that says "नेपाल सरकार गृह मनत्रालय पत्र संख्या: प्राप्त पत्र संख्या र मिति:- व.नं.:- गंपाल मन्त्रालर सरकार सिंहदरवार, काठमाडौ, नेपाल सार्वजनिक बिदा सम्बन्धी सूचना नेपाल राजपत्रमा मिति २०७5।१૧। २६ मा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्वई ईद (ईद उल फित्र) का दिन सार्वजनिक विदा दिने व्यवस्था भए वमोजिम उक्त विदा वि.स. २०७९ वैशाख २० गते मंगलबार कायम भएको व्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति २०७९ फर्ण्ष्द्रिमणि পত্যাদাণ पोखरेल सहसचिव/प्रवक्ता"

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्