थप ९ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ११ जना सक्रिय संक्रमित

धादिङ,१९ बैशाख ।

देशभर थप ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर ४ हजार २५५ कोरोना परीक्षण गर्दा ९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमा ३ हजार ३३ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ८ जना र ९ सय २२ एन्टीजेन परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप १८ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङख्या २ सय ११ रहेको छ । देशभर आजसम्म ११ लाख १९ हजार ११ कोभिड संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्