धादिङमा चुनाव प्रचारप्रसार तीव्र,दलका झन्डा र चुनाव चिह्न लिएर घरघरमा उम्मेदवार

धादिङ,१९ बैशाख । 

स्थानीय तहको निर्वाचन आउन अब १० दिन बाँकी रहेको छ । यही वैशाख ३० गते देशभर ७५३ वटै पालिकामा एकैसाथ स्थानीय तह सदस्य निर्वाचन हुँदै छ । 

निर्वाचन नजिकिएसँगै धादिङ सहित देशैभर राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । टोल टोल बस्ति बस्तिमा उम्मेदवारहरु दलका झन्डा र चुनाव चिह्न लिए भोट माग्न जान थालेका छन् । 

दलका र स्वतन्त्र सबै उम्मेदवार आफ्ना एजेन्डा र आश्वासन बोकेर घरदैलोमा पुग्न थालेका छन् । घरदैलोसँगै टोलटोलमा सभा सम्मेलनको समेत आयोजना गर्ने गरेका छन् । 

धादिङमा नेकपा एमाले र राप्रपा नेपालको एक गठबन्धन बनेको छ भने अर्कोतर्फ नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादीको गठबन्धन रहेको छ ।

त्यस्तै स्वतन्त्रका सबै उम्मेदवारले पनि प्रचार–प्रसारलाई तिव्रता दिएका छन् । जिल्लाको १३ वटै स्थानिय तहमा दलहरुले घरदैलो अभियान थालेका छन् ।उम्मेदवारहरुले सडक स्तरोउन्नति, खानेपानीको सुविधा, शिक्षा र स्वास्थ्य प्रभावकारी बनाउने, पालिका र वडाको सेवा प्रवाहलाई सहज बनाउन लगाएतका विषयहरु लिएर मतदाता आकर्षित गर्न थालेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्