३२ जनामा संक्रमण पुष्टि हुँदा २३ संक्रमित स्वस्थ

धादिङ,२० बैशाख ।

देशभर थप ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर ३ हजार ९४ नुमना परीक्षण गर्दा ३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमा १ हजार ५०४ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा २९ जना र १ हजार ५९० एन्टीजेन परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घन्टामा थप २३ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

योसँगै हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङख्या २ सय १७ रहेको छ । देशभर आजसम्म ११ लाख १९ हजार ४३ कोभिड संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्