एमाले उम्मेदवारहरु मतदातासँग भेटघाटमा व्यस्त

धादिङ,२० बैशाख ।
नेकपा एमालेका गल्छी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्षका उम्मेदवार राजकुमार रिमालले गल्छी गाउँपालिका वडा नम्बर ६ रैकर,माझिलोसे, बराडाँडा, माझिखेत, अम्वोटे, भट्टटारमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

घरदैलो कार्यक्रममा एमाले गल्छीका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा रहेको थियो । यसै गरी गल्छी गाउँपालिका अध्यक्षका उम्मेदवार केदार खतिवडा, उपाध्यक्ष राधा तिमिल्सिना, वडा नम्बर ४ का अध्यक्ष जयराम अधिकारी सहितको टोलीले गल्छी गाउँपालिकाको वडा नम्बर ४ को चिन्नेखर्कमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

टोलीको अगुवाई नेकपा एमालेका गल्छी इन्चार्ज नरेश खतिवडाले गर्नु भएको थियो । यसैगरि घरदैलो कार्यक्रमको क्रममा गल्छी गाउँपालिका वडा नम्बर २ को कोशीखोला क्षेत्रमा समेत घरदैलो गरिएको छ । यस्तै गजुरी गाउँपालिका वडा नम्बर ५ मुलाखर्क, च्याङलीमा मतदाताहरुसंग भेटघाट गरेकोछ । वडा अध्यक्षका उम्मेदवार रामचन्द्र मिजारको उपस्थितिमा मतदाताहरुसंग भेटघाट गरिरहेको छ ।

दलित समूदायको उम्मेदवार भएकोले दलित तथा गरिबहरुको उम्मेदवार भएकोले गाउँबासीले विकासका कामगर्न आग्रह गरेका थिए । यसैगरी नेकपा एमाले बेनिघाटरोराङ गाउँपालिका कमिटिले पृथ्वीराजमार्ग क्षेत्रमा आज मतदाता भेटघाट गरेको छ ।

नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार देबप्रसाद त्रिपाठी, उपाध्यक्ष उम्मेदवार हिरादेबि रेग्मी लगायतका नेताहरुको सहभागितामा मतदाता भेटघाट गरिएको हो ।

धादिङ र चितवनको सिमाना मौवाखोलाबाट सुरुभएको मतदाता भेटघाट बेनिघाट पुगेको छ । सिद्धलेक गाउँपालिका वडा नम्बर १ मा कालीदह क्षेत्रमा मतादाता भेटघाट गरेको छ। कालीदलह क्षेत्रमा रहेका मतदाताहरुले व्यवस्थित योजनावद्ध विकासका लागि उम्मेदवारहरुलाई आग्रह गरेका छन् ।

गाउँपालिका अध्यक्ष उम्मेदवार प्रेमनाथ सिलवाल, उपाध्यक्ष उम्मेदवार कमला शर्मा वडा अध्यक्ष उम्मेदवार इश्वर सिलवालको सहभागितामा मतदाता भेटघाट गरिएको सिद्धलेकबाट शिव प्रसाद तिमल्सीनाले बताउनुभयो ।

सिद्धलेक गाउँपालिका वडा नम्बर २ को खिर्रे, पात्ले ,हटिया , आपृछाप आत्तिसुँडे लगाएका क्षेत्रमा पनि मतादाता भेटघाट गरेको छ । कालीदलह क्षेत्रमा रहेका मतदाताहरुले व्यवस्थित योजनावद्ध विकासका लागि उम्मेदवारहरुलाई आग्रह गरेका छन् । वडा नं २ का अध्यक्ष उम्मेदवार कमल गुरुङको सहभागितामा मतदाता भेटघाट गरिएको सिद्धलेकबाट दिपक गुरुङले बताउनुभयो ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्