वडा अध्यक्षका उम्मेद्वार मेघराजका यस्ता छन् प्रतिबद्धता

धादिङ २१ ,बैशाख ।

नीलकण्ठ नगरपालिका वडा न ७ मा माओवादी केन्द्र बाट वडा अध्यक्ष पदमा मेघराज पोखरेल उठेको छन् ।
२०७६ साल मंसिर ३ गते नेपाली काग्रेस परित्याग नेकपामा प्रवेश गरेका उनि नेकपा बिभाजन पछि उनले माओवादी केन्द्रको सदस्यता लिई माओवादी केन्द्रमा सक्रिय राजनिति गरेको छन् । हाल माओवादी केन्द्र नीलकण्ठ नगरपालिका वडा न ७ का अध्यक्ष समेत रहेका पोखरेल बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बनि कुशल नेतृत्वदायी भुमिका निर्वाह गरिसकेका छन् । माओवादी केन्द्रमा प्रवेश गरिसकेपछि जनताको लोकप्रिय पात्र बन्न पुगेका पोखरेललले हाल भोटका निमित्त घर दैलो कार्यक्रम संचालन गरिरहेका छन् ।

यस्ता छन् प्रतिवद्धता पत्र   

आदरणीय दिदी बहिनी, दाजु भाइहरु तथा आमाबुबाहरु,
नेपालमा भएको ठूलो राजनैतिक परिवर्तन पश्चात स्थानीय संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको स्थानीय तहको निर्वाचनमा आएका छौं । यस क्षणमा हामी महान १० वर्षे जनयुद्ध, ऐतिहासिक जनआन्दोलनमा जीवन बलिदान गर्नुहुने महान शहिदहरु, बेपत्ता योद्धाहरु, घाइते अपाङग सबैमा हृदय देखि नै सम्मान र स्मरण गर्दछौं ।

२४० वर्षको निरंकुश एकतन्त्रीय राजतन्त्रको अन्त्य र लोकतान्त्रीक गणतन्त्र नेपालको स्थापना गर्न हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उठाएको महान कदममा तपाई नेपाली दिदी बहिनीहरु, दाजुभाईहरुको जुन अतुलनीय सहयोग, सद्भाव र माया पायौं यो इतिहासमा अविष्मरणीय रहिरहने छ । यदी तपाई दाजुभाई दिदीबहिनीहरुको सहयोग र माया नपाएको भए यो महान र युगान्तकारी परिवर्तन सम्भव थिएन । ६७ वर्षदेखि हाम्रो देशको प्रमुख राजनैतिक मुद्दा बनेको नेपाली जनताले आफ्नो भाग्य र भविष्यको फैसला आफैंले गर्ने, आफ्नो लागि आफैंले संविधान बनाउने संविधान सभाद्धारा संविधान निर्माण गर्ने ठूलो कार्यभार र अभिलासा पुरा भएको छ ।

जुन जनताद्धारा वा जनता प्रतिनिधिद्धारा निर्मित संविधान हाम्रो देशमा लागु भएकोे छ । नेपाली जनताले सधैं लड्नुपरेको वा बलिदानी गर्नुपर्ने मुख्य मुद्दा भनेको राष्ट्रिय जनतन्त्र र जनजिविका थियो । अब जनताको लागि कहिल्यै लड्न नपर्ने भएको छ । हाम्रो पार्टी ने.क.पा. (माओवादी केन्द्र)ले उठाएको महान जनयुद्धको कदमलाई नेपाली जनताले दिएको अभूतपूर्व माया र सहयोगबाट जनतन्त्रको लडाइमा हामी विजय भएका छौं । गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी प्रतिनिधित्व र धर्म निरपेक्षता कार्यान्वयन गर्दै अब हाम्रो सामु जनजीविका , आर्थिक समृद्धिको लडाई लड्न बाँकी नै छ ।

राजनीतिक लडाईको एउटा कोर्ष पुरा गरेर हामी आर्थिक समृद्धि, विकास र स्थानीय प्रतिनिधि सहितको सहभागीतामा संविधान कार्यान्वयनको चरणमा जाने क्रममा छौं । फेरी पनि हाम्रो मुलुक आगामी बैशाख ३० मताधिकारद्धारा प्रतिनिधी छान्न गइरहेका छौं । यस महान र खुशीको अवसरमा हाम्रो पार्टी ने.क.पा. माओवादी केन्द्र आफूले उठाएको राजनैतिक एजेण्डालाई पुरा गर्न निर्वाचनमा मत माग्न आफ्नो प्रतिवद्धता सहित पुनः तपाई दिदी बहिनी, दाजुभाई तथा आमाबुबाहरु सामु आएका छौं ।

हाम्रा  प्रतिबद्धताहरु :
पशुपालन, दुग्ध उत्पादन र तरकारी ।
हाम्रो आर्थिक सम्वृद्धिको माध्यम सहकारी ।।
१. कृषि : वडाको विकासको मेरुदण्ड कृषि हुनेछ । युवालाई कृषिमा आकर्षण गरी रोजगार बनाइनेछ ।
क. हरेक परिवारमा एउटा गोठ वा तीनवटा टनेल निर्माण गरिनेछ ।
ख. किसानको उत्पादनको उत्पादनस्थलबाट सहकारी मार्फत खरीद गर्ने व्यवस्था मिलाइनेछ ।
ग. सिंचाइका लागि श्रोत उपलब्ध भएका स्थानमा नहर कुलोबाट र श्रोत उपलब्ध नभएका स्थानमा लिफ्टिङ प्रबिधिबाट सिंचाइको प्रबन्ध गराइनेछ ।
घ. कुखुरापालनलाई व्यवसायिकरण गरिनेछ ।
ङ. कृषि अन्वेषण र माटो परीक्षण गरी उपयुक्त प्रकारका तरकारी तथा जडीबुटी खेती गरिनेछ ।
च. पशुपंक्षीलाई आवश्यक पर्ने नियमित भ्याक्सिन स्थानिय रुपमा उपलब्ध गराउने ।
छ. बाँझो जग्गालाई निरुत्साहित गरिनेछ ।
ज. सहुलियत दरको कृषि ऋण व्यवस्था गरिनेछ ।
२. अर्थ : सरकारी, निजी र सहकारी मार्फत आर्थिक विकासका आधार हुनेछ ।
क. सहकारी मार्फत उत्पादन व्यवस्थित गरी Digital Transaction मा कारोबार गरिनेछ ।
ख. प्रत्येक ५०० जनसंख्याको बीचमा एउटा सहकारी सेवा केन्द्र र एउटा सुपथ मूल्य पसल सञ्चालन गरिनेछ ।
ग. आम्दानीको आधारमा बचतलाई प्राथमिकता दिइ जीवनस्तरमा सुधार ल्याउने र सम्बृद्धि हासिल गरिनेछ ।
३. पर्यटन : आम्दानीको अर्को आधार पर्यटन हुनेछ ।
क. वडाको सीमानामा ३ मिटरको सिंढीबाटो निर्माण गरी सिंढीबाटोको वरपर पर्नेगरी पाँचवटा पर्यटकीय सुबिधा सहितको होम स्टे निर्माण गरिनेछ ।
ख. कृषि पर्यटनको नमूना वडाको रुपमा यो वडालाई विकास गरिनेछ ।
ग. शहीद पार्क निर्माण गरिनेछ ।
घ. बेलौते जंघारबाट हिन्दुहरुको पवित्र धार्मिक स्थल भैरबी मन्दिरसम्म ९९९९ सिंढी भएको पैदल बाटो निर्माण गरिनेछ र यस मार्गलाई पर्यटन पदमार्गको रुपमा विकास गरिनेछ ।
ङ. सिक्किमको वनझाँक्री फल्स जस्तै पर्यटकीय क्षेत्र बहरखोलामा निर्माण गरिनेछ ।
च. सातमुले पिकनिक तथा पर्यटकीय स्थल, तारुखर्कमा भ्यू टावर र युवा पार्क निर्माण गरिनेछ ।
छ. पुरानो मुख्य मुलबाटोहरुमा सिढी निर्माण गरिने छ ।
ज चौतारा बिश्राम स्थलमा प्रतिक्षलय निर्माण गरिने छ ।                                                                                                                                    ४. शिक्षा :
क. प्राविधिक शिक्षा हाम्रो लक्ष राख्दै स्थापित विद्यालयहरुलाई व्यवस्थित गरिनेछ ।
ख. एकजना स्वास्थ्य सहायकको नेतृत्वमा विद्यालय स्वास्थ्य हेर्ने टिम बनाइ हरेक विद्यालयमा महिनामा कम्तिमा एक पटक पर्ने गरी स्वास्थ्य जाँच गर्ने व्यवस्था  मिलाइनेछ ।
ग. कर्णेश्वर मा.वि.मा सञ्चालित I.Sc.Ag. कक्षालाई थप व्यवस्थित गरी I.Sc.AH. का कक्षाहरु समेत सञ्चालन गरिनेछ ।
घ. नीजि क्षेत्रको सहभागितामा B. Sc.Ag. को कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।
ङ. प्राविधिक शिक्षाको अन्य तालिम सञ्चालन गरिनेछ ।
च. कक्षा ४ देखि नै कम्प्युटर शिक्षाको व्यवस्था गरिनेछ । एउटा विद्यालयमा कम्तिमा १० वटा कम्प्युटर भएको ल्याव तयार गरी सञ्चालन गरिनेछ ।
छ. सूचना प्रविधि मैत्री, युवा तथा बाल मैत्री पुस्तकालय बनाइनेछ ।
ज. सुनौलो भैरबी मा.वि.मा विज्ञान तथा सूचना प्रविधिको अध्ययन केन्द्र स्थापना गरिनेछ                                                                                     ५. खानेपानी :
क. हरेक घरमा मिटर सहितको खानेपानीको व्यवस्था गरिनेछ ।
ख. पुरानो कुवाहरुको संरक्षण तथा ब्यवस्थापन गरिने छ ।                                                                                                                                ६. सडक :
क. मुख्य सडकहरु कालोपत्रे गरिनेछ । ख. सहायक सडकहरु ग्रावेल गरिनेछ ।
ग. ग्रामिण सडकहरु व्यवस्थित गरिनेछ । कम्तिमा एम्बुलेन्स र दमकल गुड्न सक्ने सडक हरेक वस्ती नजिक पु¥याइनेछ ।
७. सूचना र सञ्चार :
क. हरेक बाक्लो बस्तीमा ल्याण्डलाइन टेलिफोनको व्यवस्था गरिनेछ ।
ख. हरेक घरमा Access पुग्ने गरी Wi Fi Tower  निर्माण गरिनेछ ।
ग. मोबाइल सेवालाई गुणस्तरयुक्त बनाइनेछ ।
८. खेल मैदान :
क. तारुखर्क–पीपलछापमा एउटा, गोर्खालीगाउँ–हिटी–निवुवास्वाँरामा एउटा, डम्बरडाँडा–सुकौराबेसीमा एउटा, र तल्लोबेसीमा एउटा व्यवस्थित खेल मैदान निर्माण गरिनेछ ।
ख. उज्यालोटोलमा निर्माण शुरु गरिएको खेल मैदानलाई स्तरोन्नती गर्ने ।
ग. बिभिन्न टोलमा ब्यायम पार्क निर्माण गरिने छ ।
९. स्वास्थ्य :
क. वडामा ५ शैयाको अस्पताल सञ्चालन गरिनेछ ।
ख. ब्यवस्थित तवरले एम्बुलेन्स सेवा सञ्चालन गरिनेछ ।
ग. मोवाईल डाक्टर र मोवाईल भेटेरिनरी सेवा उपलब्ध गराईने छ ।                                                                                                                  १०. वन पैदावार :
क. वन पैदावारको प्रयोगलाई पुरै व्यवस्थित गरिनेछ ।
ख. खाली भएका सरकारी जग्गामा व्यवसायिक प्रकृतिका विरुवा लगाइनेछ ।
ग. गोबर ग्याँस निर्माणमा अनुदानको व्यवस्था गरी वन पैदावारको प्रयोग र आयातित एलपी ग्याँस दुवैलाई निरुत्साहित गरिनेछ ।
घ. सामुहिक जडीबुटी खेति विस्तार गरिनेछ ।
११. फोहोर व्यवस्थापन :
क. क. प्लाष्टिकजन्य र सीसाजन्य फोहोर वडाले महिनामा १ पटक उठाउने व्यवस्था मिलाइनेछ ।                                                                    १२. उद्योग :

वडामा निम्नानुसारका उद्योग तथा सेवाकेन्द्रहरु स्थापना गरिनेछ ।
क. केचअप उद्योग १ वटा                                                                                                                                                                                 ख. बधशाला १ वटा
ग. आलु कोल्ड स्टोरेज १ वटा                                                                                                                                                                          घ. पशु ट्रेबीज २० वटा
ङ. तरकारी संकलन केन्द्र ९ वटा                                                                                                                                                                     च. दुग्ध प्रशोधन केन्द्र १ वटा
छ. दुग्ध संकलन केन्द्र ९ वटा                                                                                                                                                                           ज. पशु स्वास्थ्य केन्द्र १ वटा
१३. सामाजिक सुरक्षा :
क. केन्द्र सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गराइनेछ ।
ख. महिलाहरुको क्षमता बृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।
१४. धार्मिक तथा मनोरञ्जन :
क. बाल उद्यान, बृद्ध आश्रम र धार्मिक स्थल निर्माण गरिनेछ ।
ख. प्रत्येक वर्ष बृद्ध बा आमाहरुलाई धार्मिक तिर्थ यात्रा गराइनेछ ।
घ, बिभिन्न धर्म आस्थामा निर्माण भएको धार्मिक स्थल,मठमन्दिर,मण्डलीको स्तर उन्नती तथा नयाँ निर्माण गरिने छ ।
१५. बिद्युतिकरण :
क. वडा भित्रका घना बस्ति नजिकका बिद्युतिय तार ब्यवस्थित गर्ने ।
ख. आवश्यक पोलहरुको ब्यवस्था ।
१६. रोजगारी : वडा भित्रका नागरिकको मानविय श्रोत,सिप,योग्यता सँकलन गरि तथ्याङ्क निकाल्ने र उपयुक्त रोजगारीको लागी पहल गरिने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्