देशभर १९ जनामा कोरोना संक्रमण पुष्टि, थप एकको मृत्यु

धादिङ,२१ बैशाख ।
देशभर थप १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर ३ हजार ८२१ नुमना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमा २ हजार ३७३ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ४४८ एन्टीजेन परीक्षणमा शुन्य रहेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा १८ जना स्वस्थ भएका छन् भने थप एक संक्रमितको मृत्यु भएको छ ।योसँगै हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन् ।

देशभर सक्रिय सङ्क्रमितको सङख्या २ सय १७ रहेको छ । देशभर आजसम्म ११ लाख १९ हजार ६२ कोभिड संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्