स्थानीय तह निर्वाचनमा महिलाको सङ्ख्या गत निर्वाचनको भन्दा निकै कम

धादिङ,२१ बैशाख ।

स्थानीय तहको निर्वाचन आउन अब ९ दिन मात्रै बाँकी छ । देशभरका ३५ हजारभन्दा बढी सिटका लागि हुने निर्वाचनमा १ लाख ४५ हजारभन्दा बढी उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।

जसमा महिलाको सङ्ख्या गत चुनावको भन्दा निकै कम छ । स्थानीय तह निर्वाचनबाट चुनिने सातमध्ये तीनवटा पदमा महिला चाहिने बाध्यकारी व्यवस्थाका कारण राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनमा दिएको कुल उम्मेदवारको साढे ३८ प्रतिशत हिस्सा महिलाको छ ।

यस पटकको निर्वाचनमा कुल उम्मेदवार १ लाख ४४ हजार ८ सय ५९ रहेका छन् । जसमा ५५ हजार ६ सय २२ जना महिला उम्मेदवार रहेका छन् ।

त्यसमध्ये प्रमुख पदमा २ सय ३०, उपप्रमुख पदमा ५ सय ३०, अध्यक्षमा १ सय ५५, उपाध्यक्षमा ५ सय २६, वडाध्यक्षमा ९ सय ४५ र सदस्यमा २ हजार ४ सय ७ जना रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्