बहुआयमिक व्यक्तित्व भएका सापकोटा ज्वालामूखि गाँउपालिकाको अध्यक्ष पदका उम्मेदवार

धादिङ,२३ बैशाख ।
आसन्न स्थानिय तह निर्वाचनमा ज्वालामूखि–३, अमराई घर भएका सक्षम यूवा नेतृत्व, शालिन, मिलनसार स्वभावका दिपक सापकोटाले ज्वालामूखि गाँउपालिकाको अध्यक्ष पदमा उमेदवारी दिनुभएको छ ।

विगत १० बर्ष देखि विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भई निरन्तर परिवार र समाज परिवर्तनको लागि कृयशिल रहेका धादिङमा परिचित सापकोटाले धादिङका विभिन्न स्कुल तथा देशको ६० भन्दा बढि जिल्लामा गई माध्यमिक तहका विद्यार्थीहरुलाई “नैतिक जागरण अभियान“ कार्यक्रम संचालन गर्नुभएको छ ।

विश्व शान्ति तथा एकीकृत परिवार संघ(FFWPU) धादिङको प्रमुख समेत रहेका सापकोटाले विग्रदो परिवारिक संस्कारलाई नविकरण गर्नको लागि धादिङ जिल्लामा विभिन्न खालका तालिम तथा कार्यक्रम गर्दै आएका थिए। शान्ति र माटोलाई अत्यधिक माय गर्ने उनी शान्तिवादी पार्टी नेपाल परिवार दलका तर्फबाट साँचो चिन्ह लिएर मैदानमा उत्रनुभएको छ ।

विश्वका विभिन्न कोरिया, थाईल्याण्ड , फिलिपिन्स , कम्वोडिय जस्ता मुलुकका भ्रमण गरिसकेका सापकोटाबाट पालिकाबासि निकै आशावादी भएको देखिन्छ।ठिक २ बर्ष अगाडि उनलाई कोरोनाको र्यापिड टेष्ट मात्र पोजेटिभ आउदा धादिङमा पहिलो कोरोना संक्रमित भनेर राष्ट्रिय मिडियामा चर्चा समेत चलेको थियो। र उनले आफ्नो २१ बुदे प्रतिबद्धता सहित घोषणा पत्र सार्वजनिक गरी पालिका बासीलाई साँचो चिन्हमा मतदान गर्न आह्वान गर्नुभएको छ ।

यस्ता छन् सापकोटाको प्रतिवद्धताहरु

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्