ज्यालामुखीमा अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार दनै र अर्यालको यस्तो छ सामुहिक प्रतिवद्धता

धादिङ, २३ बैशाख ।

धादिङ जिल्लाको ज्वालामुखी गाउपालिकामा गठबन्धनको उम्मेदरवारहरुले आफ्ना प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । नेपाली काग्रेसका बाट गाउपालिकामा अध्यक्ष पदमा यमनाथ दनै र एकिकृत समाजवादी पार्टी बाट धर्मराज अर्यालले उपाध्यक्ष पदमा उम्मेद्वारी दिए संगै गठबन्धननका रुपमा उनिहरुले सामुहिक प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । आर्थिक पारदर्शिता, सेवामा सुशासन र समतामूलक समाज निर्माण गर्दै सभ्य र समृद्ध ज्वालामुखी निर्माण गर्ने गठबन्धनले लक्ष लिएको छ ।

यस्तो छ गठबन्धनका साझा प्रतिवद्धता

  • गाउँपालिकाभित्र रहेका पाल्पा मैदी सडक, हुलाक भञ्ज्याङ चैनपुर रामपुर बुङ्कोटघाट सडक, साँधभञ्ज्याङ
  • खरी बुङ्कोटघाट सडक र ससाह मैदी अमराई पिपलटार दरबुङघाट सडक कालोपत्रे गर्न जोड दिने
  •  बुढीगण्डकी जलाशययुक्त परियोजनाबाट प्रभावितहरुलाई पुनर्वासको लागि जग्गा व्यवस्थापन गरी व्यवस्थित स्थानान्तरणको पहल गर्ने
  • पालिका भरीका सम्पूर्ण विद्यालयहरुमा सुविधा सम्पन्न भवन निर्माण गर्ने
  •  गाउँपालिकाको आफ्नै भवनबाट सबै शाखा कार्यालयहरु सञ्चालन गर्न सुविधा सम्पन्न भवन निर्माण गर्ने
  •  सबै शाखा तथा कृषि सडकहरुलाई बाह्रै महिना चलाउन जोड दिने
  •  एक घर एक धारा कार्यक्रम प्रभावकारी बनाउने
  •  एक गाउँ एक नवीकरणीय पोखरी निर्माण गर्ने
  •  भूकम्प प्रभावितहरुको लाभग्राही सूचिमा नपरेका भूकम्प पीडितलाई सूचिमा राख्न पहल गर्ने
  •  पालिका स्तरीय एकमात्र अस्पताल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने
  • गाउँपालिकाभित्र रहेका एम्बुलेन्सहरुलाई चुस्त व्यवस्थापन गर्ने
  •  सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गर्ने
  •  पालिका भरिका सबै स्वास्थ्य संस्थाहरुबाट सञ्चालित सेवाहरु प्रभावकारी बनाउने
  •  प्रसुती प्रतिक्षालय, पोषण कार्यक्रम, २४ घण्टे प्रसुती सेवा (घरमा सुत्केरी शुन्य कार्यक्रम) प्रभावकारी बनाउने
  •  सबै स्वास्थ्य संस्थाहरुमा सुलभ औषधि पसल व्यवस्था गर्ने
  • सबै रोगको म्ष्बनलयकतष्अ गर्न अत्याधुनिक प्रयोगशालको व्यवस्था गर्ने
  •  स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउने
  •  सबै स्वास्थ्यसंस्थाहरुलाई नयाँ किसिमको प्रकोपसँग प्रतिकार्य तयारी अवस्थामा राख्ने
  •  बुढीगण्डकी क्याम्पसको स्तरोन्नती गर्ने
  •  प्राविधिक शिक्षालय अन्नपूर्ण माविलाई थप व्यवस्थित बनाउने
  •  पालिकाभित्र रहेका सबै विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने
  •  सबै विद्यालयहरुमा ऐच्छिक विषय ब्नचय त्यगचष्कm लाई प्राथमिकता दिने
  •  विद्यालय दरबन्दी समायोजन गर्दै अपुग रहेको दरबन्दीको व्यवस्था गर्ने
  •  माटो परीक्षण प्रयोगशाला व्यवस्थापन गर्ने
  •  कृषिलाई पर्यटनसँग जोड्ने
  •  स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने
  •  हावापानी तापक्रम अनुसारको खेतीबाली पहिचान गरी सोही अनुसारको कृषि प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने
  •  कृषि बीमा, पशु बिमा कार्यक्रम सञ्चालन गने साथै कृषि अनुदान व्यवस्था गर्ने
  •  उत्पादित कृषि उपजको संकलन केन्द्र शित भण्डारको व्यवस्था गर्दै बजारीकरणको सुनिश्चित गर्ने
  •  पशु सुत्केरी प्रोत्साहन भत्ता व्यवस्था गर्ने
  •  गाउँपालिकाभित्र रहेका धार्मिक स्थलहरुको संरक्षण गर्दै पर्यटनसँग जोड्ने
  •  पर्यटन पदमार्ग रुट व्यवस्थापन गर्ने
  •  लिफ्ट सिँचाइलाई जोड दिने
  •  कला संस्कृतिको संरक्षण गर्दै सम्पूर्ण मठमन्दिरहरुलाई पुरातात्विक महत्व राख्दै विभागमा सुचीकृत गर्ने
  •  सरकारी सहकारी, गैह्रसहकारी संस्थाहरुसँग समन्वय गर्दै विकास साझेदार बन्दै विकासमा अपनत्व ग्रहण गर्ने
  •  पर्यावरणलाई जोड दिन जनचेतामूलक कार्यक्रम सञ्चालन गर्ने, पर्यावरण संरक्षण कार्यक्रम सञ्चालन गर्ने
  •  खेलकुदलाई प्रवद्र्धन गर्दै व्यवसायीकरण तर्फ जोड दिने
  • युवा स्वरोजगार कार्यक्रम प्रवद्र्धन गर्ने
  •  वन जंगल प्राकृतिक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्ने
  •  सार्वजनिक जग्गा, वन, जंगल आदिको लगत संकलन गर्ने
  •  पालिकाभित्र रहेका सहकारीहरुलाई सबैको पहुँचमा पुर्याउने र आवश्यकता अनुसार सहकारी एकीकरण तथा समायोजनमा जोड दिने
  •  सबै स्वास्थ्य केन्द्रहरुमा प्रयोगशाला (ल्याब) सञ्चालन गर्ने
  •  सबै प्रमुख सडक र सञ्चालनमा रहेका शाखा सडकहरुको लगत कट्टा गर्ने
  • काठको पोल शुन्य बनाउने
  • उद्योग व्यवसाय सञ्चालन क्षेत्रमा थ्रिभेज लाइनको व्यवस्था गर्ने प्रवन्ध मिलाउने
  •  सबै नागरिकहरुको व्यक्तिगत प्रोफाईन संकलन गर्ने
  •  पालिका र वडाका प्रमुख गतिविधिहरुलाई वेइव साइटमार्फत सार्वजनिक गर्ने
  •  ९० वर्ष माथिका अस्वस्थ नागरिकहरुलाई नियमित निशुल्क औषधिको व्यवस्था गर्ने
  • अनाथ, शारीरिक रुपमा अशक्तहरुको शिक्षा स्वास्थ्यको पूर्ण जिम्मेवारी लिने
  •  अर्गानिक खेतीलाई प्रोत्साहन गर्ने
  • लैगिक हिँसा, जातीय विभेद, सामाजिक विकृति अन्त्य गराउने
  •  बेरोजगारी न्यूनीकरणका लागि विभिन्न सेवा, सहुलियत तथा तालिम, प्रशिक्षणको व्यवस्था गर्ने साथै प्रविधि हस्तान्तरण गर्ने
  •  आर्थिक पारदर्शिता कायम राख्दै भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्