संविधानको रक्षाका लागि सत्ता गठबन्धनका उम्मेदवारले जित्नुपर्छ : पूर्वमन्त्री धमला

धादिङ,२३ बैशाख ।
संविधानको रक्षाका लागि सत्ता गठबन्धनका साझा उम्मेदवारहरु जित्नुपर्ने माओवादी केन्द्रको केन्द्रीय सदस्य कल्पना धमलाले बताउनुभएको छ।

शुक्रबार नीलकण्ठ नगरपालिका स्थित वडा नम्बर ९ मा सत्ता गठबन्धनद्धारा आयोजित घरदैलो कार्यक्रममा धमलाले सत्ता गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता भएकाले गठबन्धनका साझा उम्मेदवारहरुले जित्नु पर्ने बताउनुभएको हो ।

माओवादी केन्द्रको स्वास्थ्य विभाग प्रमुख एवम् पूर्वमन्त्री समेत रहनुभएकी धमलाले संविधानको रक्षाका लागि र प्रतिगमनको विरुद्ध सत्ता गठबन्धनका साझा उम्मेदवारहरु जित्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका संयोजक मनराज भण्डारी र नेपाली कांग्रेसका महादिवेशन प्रतिनीधि एवम् क्षेत्रिय सभापति राकेश धमलाले नीलकण्ठको मेयरमा रुख चिन्हमा भोट हालेर भिम प्रसाद ढुङ्गानालाई र उप मेयरमा गोलाकार भित्रको हँसिया हथौंडा चिन्हमा भोट हालेर दिपक विश्कर्मालाई जिताउन मतदाताहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा मेयर पदका उम्मेदवार भिम प्रसाद ढुङुगानाले ५ वर्ष कार्यकालमा धेरै राम्रा कामको सुभारम्भ गरको दावी गर्दै अवको ५ वर्ष ति शुभारम्भ भएका कामहरुलाई पूर्णता दिन आफूलाई मतदान गर्न आग्रह गरेका थिए । यस्तै उप मेयरका उम्मेदवार दिपक विश्कर्माले समृद्ध नीलकण्ठ नगरको आधारः कृषि, पर्यटन, उद्धमशीलता सहितको पूर्वाधार, नीलकण्ठ नगरः देशकै नमुना पूर्वाधारयुक्त पर्यटकीय शहर निमार्णमा आफ्नो जोड हुने हुँदा मतदान गरि दिनुहुन अनुरोध गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्