यसवर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान,आ–आफ्नो क्षेत्रको कार्ययोजना बनाउन आग्रह

काठमाण्डौ,२३ बैशाख ।
यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रवार काठमाण्डौमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिएको जनाएको हो ।

आउँदो जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

प्रदेश १ का तराईका भूभाग, बाग्मती प्रदेशका उत्तर पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर पश्चिमी भूभाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ।

यो वर्ष पनि सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेकोले बेलैमा सचेत रहन जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले आग्रह गर्नुभयो ।

उहाँले मौसम तथा बाढी पूर्वानुमानको सूचना दिने आ–आफ्नो क्षेत्रको कार्ययोजना बनाउन पनि सम्बन्धित निकायसँग आग्रह गर्नुभयो । उपमहानिर्देशक श्रेष्ठले पूर्वानुमान गतिको समय जति नजिक हुन्छ त्यति नै पूर्वानुमानको विश्वसनियता धेरै हुने गरेको र एक हप्ताभन्दा लामो समयको मौसमको पूर्वानुमानमा विश्वसनियता कम हुँदै जाने गरेको बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्