आज राति देशका अधिकांस स्थानमा वर्षा हुन्छ : महाशाखा

काठमाडौं, २४ वैशाख

मौसम पूर्वानुमान महाशाखाले आज जाति देशका अधिकांस स्थानमा वर्षा हुने जनाएको छ । देशका धेरै ठाउँको मौसम बदली भएकोले अधिकांस स्थानमा वर्षा हुने महाशाखाको भनाइ छ ।

देशभर शनिबार बिहानैदेखि घाम लागे पनि मध्यान्नपछि विस्तारै मौसम धुम्म हुँदै गएको हो । आज राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । आज बेलुकातिर प्रदेश नम्बर एक, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्