एमाले उम्मेदवारहरु मतदाताको गुनासो राख्ने ठाउँ

धादिङ,२४ बैशाख ।
स्थानीय तहको निर्वाचन आउन अब ६ दिन बाँकी छ । यससन्दर्भमा मतदाता भेटघाट गर्दै नेकपा एमालेका उम्मेदवारहरु गाउँगाउँ हिडिरहनुभएको छ ।नेकपा एमाले रुबीभ्याली गाउँपालिकाको लापा ठूलो गाँउँमा मतदाताको घरघरमा उम्मेदवारहरु पुगेर भोट आग्रह गर्नुभएको छ । गाउँपालिका अध्यक्ष उम्मेदवार बिचा तामाङ, उपाध्यक्ष रुसमाया तामाङ सहितको एमाले कार्याकताहरुको टोली घरघर पुगेर कपुरगाउँ, लाप्चेत, कुप्चेतमा घरदैलो गर्नुभएको हो ।

घरदैलोमा पुगेका एमाले उम्मेदवारहरुलाई गाउँबासीले गाउँमा सडक पहुँच बनाउन, खानेपानी व्यवस्थापन गर्न, विद्यालयलाई अंग्रेजी माध्याममा लैजान, गाउँको नगदेबालीलाई बजारसम्मको पहुँच बनाउन माग गर्नुभएको थियो ।

आफूहरु निर्वाचित भएमा गाउँबासीको मागको आधारमा योजना बनाएर काम गर्ने एमाले उम्मेदवारहरुले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
गल्छी गाउँपालिकाको सबै वडामा घरदैलो कार्यक्रम संचालन भइरहेको छ। ८ नम्बर वडामा भने गाउँगाउँ पुगेका एमाले वडा अध्यक्ष उम्मेदवार हरी खतिवडाको टिमलाई गाउँबासीले टिका लगाउँदै दही खुवाएर स्वागत गरेका थिए । गाउँको विकासका लागि युवाको अवस्यकता रहेको गाउबासीको भनाइ छ ।

नेकपा एमालेले मतदाताभेटघाटको क्रममा आज निलकण्ठ नगरपालिका वडा नम्बर ७ को विभिन्न स्थानहरुमा घरदैलो गरेको छ ।
नगरपालिकामेयरका उम्मेदवार गंगादेबि श्रेष्ठ, उपमेयरका उम्मेदवार फन्द्रा तामाङ, वडा अध्यक्ष उम्मेदवार इश्वरी प्रसाद अधिकारी लगायतको सहभागिता रहेको छ । मतदाता भेटघाटपछिपिपलछापमा कोषण सभा समेत गरिएको छ । यसैगरि तारुखर्कको घरघरमा उम्मेदवारहरु पुग्नु भएको छ ।

गाउँबासीले गाउँटोलमा एमाले निर्वाचित भएमा गाउँको खानेपानी, सडक कृषि उत्पादनमा जोड दिन माग गर्नुभएको छ । व्यवसायिक कृषि प्रणालीका लागि काम गर्न गाउँबासीको आग्रह छ । मतदाताहरुको माग अनुसार योजना बनाएर काम गर्ने एमालेउम्मेदवारहरुले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सिद्धलेक गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर २ मा मतदाता भेटघाटपछि उत्साहपूर्ण रुपमा सभा आयोजना गरिएको छ । गाउँपालिका अध्यक्ष उम्मेदवार प्रेम सिलवाल, उपाध्यक्ष उम्मेदवार कमला शर्मा, वडा अध्यक्ष उम्मेदवार इश्वर सिलवाल, वडा नम्बर २ को वडा अध्यक्ष उम्मेदवार कमल गुरुङले सम्बोधन गर्दै गाउँको विकासलाई निरन्तरता दिएर अब्बल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्