महिला वडा अध्यक्षको पक्षमा जनलहर

धादिङ,२४ बैशाख ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कमला रानाको पक्षमा उत्साहपूर्ण लहर देखिएको छ । नेकपा एमालेले महिलालाई वडा अध्यक्षमा उठाएका कारण गाउँका महिलाहरुले उहाँलाई जिताउनका लागि साहुहिक अभियान सुरु गरेका हुन् ।

निर्वाचन नजिँकिँदै गर्दा महिला हरुले वडा अध्यक्षमा जिताउन अघि आएका छन् । महिलाले नेतृत्व गर्दा वडालाई नमुना बनाउने प्रतिवद्धता व्यक्ति गर्दै अरुो तुलनामा सबैविषयमा अब्बल बनाउन आफू लागन्े रानाले कोणसभामा बताउनुभएको छ।

\No description available.

महिलाको नेतृत्च्वलाई केही गर्न सक्दैन भन्ने विक्षीहरुको आरोपको खण्डन गर्दै वडा अध्यक्ष उम्मेदवार कमला रानाले महिलामाथी हुने हिंसाको अन्त्य गर्न विषेश कार्यक्रमहरु गर्ने, विकासका लागि स्थानीय सरकारमा योजना बनाएर लागु गर्ने, स्वास्थ्यचौकी र विद्यालय निर्माण गर्ने जस्ता योजना पुरा गरेर छाड्ने बताउनुर्भको छ ।

No description available.

साधारण किसान परिवारमा रहनुभएका कमला राना महिला समूहको नेतृत्व गर्दै वडा अध्यक्षको उम्मेदवारहुनआइपुगेकोर जनताले सूर्य चिन्हमा मतदान गरेरआफूलाई जिताउने विश्वास कमला रानाको छ ।

नेकपा एमालेले संचालन गरिरहेको घर दैलो कार्यक्रम अन्तरगतआज वडा नम्बर ५ को मेडिकल चोक, वडा नम्बर ६ को गोलाभन्जयङ, वडा नम्बर ७ को अचनेटारमा कोणसभाहरु आयोजना गरेको छ ।

कोणसभालाई त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष उम्मेदवार उमेश थापा, उपाध्यक्ष उम्मेदवारसंगिता कुमाल, नेकपा एमाले प्रदेश कमिटि सदस्यहरु शम्भु थापा र रामहरी अधिकारीले सम्बोधन गर्दै विकास एमालेको पालिकाको नेतृत्वलेमात्र गर्न गर्न सक्ने भएकोले एमालेलाई जिताउन आग्रह गर्नुभयो ।

No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्