सिद्धलेकमा प्रेमनाथ सिलवालको चर्चा : एमाले कार्यकर्ता भन्छन्,“प्रेमनाथ सिलवालको विकल्प छैन”

धादिङ,२५ बैशाख
स्थानीयत तहको निर्वाचन आउन अब पाँच दिन मात्र बाँकि रहेको छ ।

दलहरु मतदातासँग भेटघाट गर्न र मत माग्नको लागि व्यस्त छन् । यसैबिच सिद्धलेक गाउँपालिकामा पनि मतदाता भेटघाटलाई नेकपा एमालेले तिब्र बनाएको छ । गठबन्धन दलहरु पनि मतदाता भेटघाटमा सिद्धलेकमा व्यस्त छन् । नेकपा एमालेले राष्ट्रिय कलाकारहरु ल्याएर गाउँगाउँमा सांस्कृतिक कार्यक्रम सहित चुनावी अभियानलाई आक्रामक बनाएको छ ।

पहिलो पाँच बर्षे कार्यकाल सफलतापुर्वक सम्पन्न गरेको भन्दै आगामी कार्यकालमा पनि अध्यक्षमा प्रेमनाथ सिलवाल र उपाध्यक्षमा कमला शर्मा(अधिकारी)को विकल्प नभएको युवा संघ धादिङका अध्यक्ष कमल सिलवालले बताउनुभयो ।

पाँच बर्ष भित्रमा सिद्धलेक गाउँपालिमा राम्रो काम भएको र अहिलेको अधुरा काम पुरा गर्नका लागि पनि प्रेमनाथ सिलवालको विकल्प नभएको एमाले सिद्धलेक गाउँ कमिटि सचिव रामहरी बराकोटीले बताउनुभयो । जनतासँग भिजेको र विकास गर्ने सोच भएका व्यक्ति सिलवाल भएको भन्दै उहाँले सिद्धलेकको विकासको लागि अहिलेकै टिमनै आउनुपर्ने बताउनुभयो ।

अध्यक्ष पदका प्रत्यासी सिलवालले भन्नुभयो,“पाँच बर्षको अवधिमा १० वटा बोरिङ लगायत अन्य खानेपानी आयोजनाबाट ७५ प्रतिशत खानेपानीको काम सम्पन्न गरेको छु,गाउँपालिकाको तिन वटा मुख्य सडकहरु पिच गर्ने कार्य सुरु भएको छ । गाउँपालिकाको भवन, वडा कार्यालय भवन, स्वास्थ्य चौकी भनव निर्माणको काम सकिएको र विद्यालयको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।”

कृषकहरुलाइ हाते ट्याक्टर वितरण गरिएको, नाप तौल काँटा वितरण, विउबिजनमा अनुदान दिएको, सुत्केरी भेटघाट, जेष्ठ नागरिक स्याहार कार्यक्रम, बिपन्न नागरिकहरुलाई आर्थिक सहयोग लगायत सिद्धबाबा मन्दिरलाई पर्यटकीय क्षेत्र निर्माणको लागि डिपिआर निर्माण लगायतको काम सुरु भएको भन्दै अधुरा काम सम्पन्न गर्नको लागि पनि सिद्धलेकमा आफुले जित्नै पर्ने बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्