प्रधानमन्त्री देउवा दाङमा

काठमाडौं, २५ वैशाख । 

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दाङ पुगेका छन् । नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनी दाङ पुगेका हुन् । 

‘प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न दाङ आउनु भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परिवारले जानकारी दिएका छन् । 

स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा प्रधानमन्त्री देउवा चुनावी सभामा व्यस्त भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्