धादिङको गजुरीबाट २० केजी अफिमसहित दुई जना पक्राउ

धादिङ,२७ वैशाख ।
धादिङको गजुरी गाउँपालिका–६ मिलनटारबाट करिब २० किलो अवैध लागूऔषध अफिम सहित २ जना पक्राउ परेका छन् ।

मंगलबार बिहान किरानचोकबाट आदमघाटतर्फ आँउदै गरेको बा.८५ प ३७७० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित गजुरी गाउँपालिका–८ बस्ने ३० वर्षीय केशब तामाङ र सोही ठाउँ बस्ने २६ वर्षीय थल बहादुर तमाङलाई पक्राउ गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्