धादिङमा सत्ता गठबन्धनको बैठक सम्पन्न, घटनाको खेद र निन्दा व्यक्त

धादिङ,२९ बैशाख ।

धादिङमा सत्ता गठबन्धन दलहरुको बैठक सम्पन्न भएको छ । जिल्लाका विभिन्न ठाउँहरुमा भएका घटनाप्रति सत्ता गठबन्धनका दलहरुले बैठक बसेर घटनाको खेद र निन्दा व्यक्त गरेका छन् ।

बिहीबार कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, माओवादी केन्द्रका संयोजक मनराज भण्डारी र एकीकृत समाजवादीका शिवनीधि खनालद्धारा हस्ताक्षरित विज्ञप्ती जारी गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, निर्वाचनको मौन अवधि सुरु हुनुभन्दा केहि अघि देखि र सुरु भैसकेपछि जिल्लाका विभिन्न स्थानमा भएका केहि घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका १ डाँडागाउँमा बैशाख २७ गते राती नोपाली कांग्रसका वडा सभापति वडा अध्यक्षका उम्मेदवार भीम प्रसाद भट्टको घरमा एमालेले घटाएको घटना, बैशाख २८ गते सिद्धलेक गाउँपालिका १ मा नेकपा एमाले तर्फबाट अध्यक्षका उम्मेदवार पे्रम सिलवालको समुहले कांग्रेस कार्यकर्तालाई धम्की दिएको, बैशाख २८ गते नीलकण्ठ नगरपालिका ६ देउरालीछापमा माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेस कार्यकर्ता माथि गरेको आक्रमण प्रति हामी खेद निदा व्यक्त गर्दछौं, विज्ञप्तीमा भनिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्