आज स्थानीय तह निर्वाचन : धादिङमा ३०३ मतदान केन्द्र,२२७५ उम्मेदवार प्रतिस्पर्धामा

धादिङ,३० बैशाख ।

आज स्थानीय तहको निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । एकै चरणमा देशभर हुन लागेको निर्वाचनका लागि धादिङ जिल्लामा १ सय ९ वटा मतदान स्थल निर्धारण गरिएको छ ।

यी स्थलमा ३ सय ३ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । जिल्लामा मतदाताको सङ्ख्या २ लाख ६८ हजार ४७२ रहेकोे छ ।यसमा १ लाख ३६ हजार ४३१ पुरुष, १ लाख ३२ हजार ४० महिला र अन्य १ मतदाता छन्। जिल्लामा सुरक्षाकर्मी बाहेक १ हजार ५१५ कर्मचारी र ९ सय ९ जना स्वयंसेवक खटिएका छन् ।

धादिङको १३ पालिका र १०४ वडामा २ हजार २७५ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन् । ३ जना वडा सदस्यका उम्मेदवारहरु निर्विरोध भईसकेका छन् भने अन्य उम्मेदवारहरु प्रतिस्पर्धामा छन् । सबैभन्दा धेरै उम्मेदवार नीलकण्ठ नगरपालिकामा ३४१ जना र सबैभन्दा कम उम्मेदवार गंगाजमुनामा १३३ जना उम्मेदवार छन् ।

जिल्लाको सबैभन्दा बढी नीलकण्ठ नगरपालिकामा ११ मतदान स्थल र ४६ मतदान केन्द्र निर्धारण गरिएको छ भने सबैभन्दा कम नेत्रावती डबजोङमा ५ मतदान स्थल १४ मतदान केन्द्र र खनियाबास गाउँपालिकामा ५ मतदान स्थल र १२ मतदान केन्द्र निर्धारण गरिएको छ ।
यस्तै सिद्धलेकमा ७ मतदान स्थल र २४ मतदान केन्द्र, रुबीभ्यालीमा ८ मतदान स्थल र १२ मतदान केन्द्र, बेनीघाट रोराङमा १० मतदान स्थल र २४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

त्यसैगरी धुनीबेशीमा ९ मतदान स्थल र २८ मतदान केन्द्र, थाक्रेमा ११ मतदान स्थल र ३० मतदान केन्द्र, त्रिपुरासुन्दरीमा ८ मतदान स्थल र २४ मतदान केन्द्र, ज्वालामुखीमा ८ मतदान स्थल र २१ मतदान केन्द्र रहेको छ।

गल्छीमा ८ मतदान स्थल र २३ मतदान केन्द्र, गजुरीमा ८ मतदान स्थल र २१ मतदान केन्द्र, गंगाजमुनामा ७ मतदान स्थल र २० मतदान केन्द्र तोकिएको छ । धादिङमा सबैभन्दा धेरै मतदाता नीलकण्ठ नगरपालिकामा ४४ हजार १११ जना छन् भने सबैभन्दा कम रुवीभ्याली गाउँपालिकामा ८ हजार ९५३ मतदाता रहेका छन् ।

कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले मतदान गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् । ६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरि ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जानएको छ । आयोगका अनुसार ३५ हजार २२१ जना निर्वाचित हुने छन् ।

आयोगका अनुसार देशभर १० हजार ७५६ मतदानस्थल रहका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । निर्वाचनमा १ लाख ०९ हजार ०८८ हजार कर्मचारी तथा निर्वाचमा ६५ हजार ८६५ स्वंसेवक खटिने छन् भने ५ हजार पर्यवेक्षक हुने आयोगले जनाएको छ ।तस्विर भुवन भण्डारी–गजुरी

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्