धादिङमा ६५ प्रतिशत मत खस्यो,गणना भोलि बिहानदेखि शुरु हुने

धादिङ,३० बैशाख ।

धादिङमा करिब ६५ प्रतिशत मत खसेको छ । जिल्लामा रहेकोे २ लाख ६८ हजार ४७२ मतदातामध्ये ६५ प्रतिशतले मतदान गरेका जिल्ला निर्बाचन कार्यालय धादिङले जनाएको छ ।

अघिल्लो स्थानिय तहको निर्वाचनमा धादिङका २ लाख ६ हजार २ सय मतदातामध्ये १ लाख ५४ हजार ३ सय ७४ मत (५१ प्रतिशत) खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

१३ वटा स्थानिय तह रहेको धादिङमा अघिल्लो निर्वाचनमा अधिकांश स्थानिय तहमा एमालेले जितेका थिए । अहिले अझै कडा प्रतिस्पर्धा हुने बताइएको छ ।

धादिङमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजबादीको गठबन्धन रहेको छ भने नेकपा एमालेले एक्लै प्रतिस्पर्धा गरेको छ । अहिले मतपेटिका आउने क्रम सुरु भैसकेको र राती १२ बजेसम्म सबै संकलन भइसक्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार शनिबार बिहानबाट मात्रै मतगणना सुरु हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्