२ लाख ६८ हजार मतदातामध्ये धादिङमा ६५ प्रतिशत मतदान (कुन पालिकामा कति मत ?)

धादिङ,३१ बैशाख ।
धादिङमा करिब ६५ प्रतिशतले मतदान गरेको प्रारम्भिक तथ्याङ्क रहेको छ । जिल्लामा रहेकोे २ लाख ६८ हजार ४७२ मतदातामध्ये ६५ प्रतिशतले मतदान गरेका जिल्ला निर्बाचन कार्यालय धादिङले जनाएको छ । अघिल्लो स्थानिय तहको निर्वाचनमा धादिङका २ लाख ६ हजार २ सय मतदातामध्ये १ लाख ५४ हजार ३ सय ७४ मत (५१ प्रतिशत) खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाको सवै मतदान स्थलमा शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । केही मतदान केन्द्रमा सामान्य विवाद र धकेलाधकेल भएको भएपनि तत्कालै स्थानीय नेताहरुको समन्वयमा उत्पन्न विवाद समाधान गरेर मतदान सम्पन्न गराइएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

१३ वटा स्थानिय तह रहेको धादिङमा अघिल्लो निर्वाचनमा अधिकांश स्थानिय तहमा एमालेले जितेका थिए । अहिले अझै कडा प्रतिस्पर्धा हुने बताइएको छ । धादिङमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजबादीको गठबन्धन रहेको छ भने नेकपा एमालेले एक्लै प्रतिस्पर्धा गरेको छ । कार्यालयका अनुसार शनिबार बिहानबाट मात्रै मतगणना सुरु भएको छ ।

कुन पालिकामा कति मत खस्यो ?

खनियाबास गाउँपालिका
खनियाबास गाउँपालिकामा ६ हजार ३ सय ८१ मत खसेको छ । त्यहाँ ९ हजार ७ सय २९ मतदाता रहेका थिए ।

त्यस्तै वडा न.१ मा १ हजार २ सय ७ जना मतदात रहेकोमा ८ सय २६ मत खसेको छ । २ नम्बर वडामा १ हजार ६ सय ९५ जना मतदाता रहेकोमा १ हजार १ सय ४३ मत खसेको छ । वडा नं. ३ मा २ हजार ३ सय २ जना मतदाता रहेकोमा १ हजार ६ सय ४४ मत खसेको छ ।

त्यस्तै वडा नं. ४ मा १ हजार ९ सय ६२ जना मतदात रहेकोमा १ हजार १ सय ९३ मत खसेको छ । वडा नं. ५ मा २ हजार ५ सय ६२ जना मतदात रहेकोमा १ हजार ५ सय ७५ मत खसेको छ ।

रुवीभ्याली गाउँपालिका
जम्मा मतदाता ८ हजार ९ सय ५३ रहेको रुबीभ्यालीमा ६ हजार २ सय ७० मत खसेको छ। जसअनुसार रुबीभ्याली १ मा ८४३, रुबीभ्याली २ मा ७२२, रुबीभ्याली ३ मा १३१६, रुबीभ्याली ४ बोराङमा ७३२, रुबीभ्याली ४ चालिसेमा ३६६, रुबीभ्याली ५ लापामा १ हजार ६ सय ३९, रुबीभ्याली ६ सातकन्या ३६०, रुबीभ्याली ६ खादिङ २९२ मत खसेको हो ।

त्रिपुरासुन्दरी गाउँपालिका
२७ हजार ३ सय १९ मत रहेको त्रिपुरासुन्दरी गाउँपालिकामा १३ हजार ७ सय ७५ मत खसेको छ ।

जसमा रानीपौवामा २ हजार ४ सय ८६ मत, बेल गाउँमा २ हजार ७ सय १६ मत, महेन्द्रमावि मुलपानीमा १ हजार ६ सय ३४ मत, कार्की गाउँ मावि सल्यानकोटमा १ हजार ७ सय ११ मत, त्रिपुरासुन्दरी मावि मा १ हजार ४ सय ७३ मत, सुन्दरी मावि आगिञ्चोकमा १ हजार ८ मत, भिमोदय मावि गोलाङमा ८ सय ३५ मत र अचने मावि खहरेमा १ हजार ९ सय १२ मत खसेको छ ।

धुनीवेशी नगरपालिका
धुनिवेशीमा जम्मा मतदाता २५ हजार ८ सय २० रहेकोमा जम्मा १८ हजार ८ सय ८८ मत खसेको छ । धुनिवेशी नगरपालिकाको वडा नम्बर १ मा ३ हजार १ सय ५४ मतदाता रहेकोमा २ हाजर १ सय ४८ मत खसेको छ । वडा नम्बर २ मा ३ हजार ४ सय ८३ मतदाता रहेकोमा २ हजार ४ सय ४२ मत खसेको छ । वडा नम्बर ३ मा २ हजार ७ सय २६ मतदाता रहेकोमा २ हजार ३ मत खसेको छ ।

त्यस्तै वडा नम्बर ४ मा २ हजार १ सय १८ मतदाता रहेकोमा १ हजार ६ सय ३६ मत खसेको छ । वडा नम्बर ५ मा २ हजार ६ सय ५६ मतदाता रहेकोमा २ हजार २७ मत खसेको छ । वडा नम्बर ६ मा २ हजार २ सय १५ मतदाता रहेकोमा १ हजार ६ सय २९ मत खसेको छ ।

त्यस्तै वडा नम्बर ७ मा ३ हजार ६४ मतदाता रहेकोमा २ हजार २ सय ९३ मत खसेको छ । वडा नम्बर ८ मा २ हजार ९ सय ९६ मतदाता रहेकोमा २ हजार १ सय ७० मत खसेको छ । वडा नम्बर ९ मा ३ हजार ४ सय ०८ मतदाता रहेकोमा २ हजार ५ सय ४० मत खसेको छ ।

नेत्रावती डबजोङ गाउँपालिका
कुल ११ हजार ७ सय ९९ मतदाता रहेको नेत्रावती गाउँपालिकामा ७ हजार ४ सय ४५ मत खसेको छ । जसअनुसार वडा नं १ मा १ हजार ३ सय ७८ मत खसेको छ । त्यहा २ हजार ३ सय २२ मतदाता रहेका थिए ।

वडा नम्वर २ मा १ हजार ८ सय ६१ मतदाता रहेकोमा १ हजार १ सय ७२ मत खसेको छ । दुइ हजार ३ सय ९१ मतदाता रहेको वडा नं ३ मा १ हजार ६ सय २४ मत खसेको छ । वडा नं ४ मा २ हजार ५ सय ६४ मतदाता रहेको थियो भने त्यहाँ १ हजार ६ सय ८२ मत खसेको छ ।
त्यस्तै वडा नम्वर ५ मा १ हजार ६ सय ३९ मत खसेको छ । त्यहाँ २ हजार ६ सय ११ मतदाता रहेका थिए ।

नीलकण्ठ नगरपालिका
नीलकण्ठ नगरपालिकाको १४ वटै वडामा जम्मा ३० हजार ५ सय ६९ मत खसेको छ । नीलकण्ठमा ४४ हजार १ सय ११ मतदाता रहेका थिए ।
नगरपालिकाको वडा नं १ मा १ हजार ३ सय ३६ मत, वडा नं २ मा २ हजार ७ सय ४५, वडा नं ३ मा २ हजार ८ सय ४१, वडा नं ४ मा १ हजार ९ सय ३५, वडा नं ५ मा २ हजार ७ सय ८८, वडा नं ६ मा १ हजार ७ सय ३० र वडा नं ७ मा २ हजार ३ सय २१ मत खसेको छ ।

त्यस्तै वडा नं ८ मा २ हजार २ सय ८८, वडा नं ९ मा २ हजार ३ सय ८९, वडा नं १० मा १ हजार ७ सय ५६, वडा नं ११ मा २ हजार ३ सय २२, वडा नं १२ मा १ हजार ९ सय ३५ वडा नं १३ मा १ हजार ६ सय ११ र वडा नं १४ मा २ हजार ५ सय ७२ मत खसेको छ ।

गल्छी गाउँपालिका
१५ हजार ७ सय ७१ मतदाता रहेको गल्छी गाउँपालिकामा १५ हजार ७ सय ७१ मत खसेको छ । जसअनुसार वडा नम्वर १ मा २ हजार २ सय ८७, वडा नम्बर २ मा २ हजार १ सय ४७, वडा नम्वर ३ मा १ हजार २ सय ९६, वडा नं ४ मा २ हजार २ सय १६ , वडा नम्बर ५ मा १ हजार ८ सय ५०, नम्बर ६ मा १ हजार ७ सय ६९, वडा नम्बर ७ मा १ हजार ९ सय ४४ र वडा नम्बर ८ मा २ हजार २ सय ६२ मत खसेको छ ।

बेनिघाट रोराङ गाउँपालिका
२१ हजार ५५ मतदाता रहेको वेनिघाट रोराङ गाउँपालिकामा १५ हजार ९ सय ६७ मत खसेको छ । वडा नं १ मा १ हजार १ सय ४७, वडा नं २ मा २ हजार ७४, वडा नं ३ मा १ हजार ८ सय ७७ र वडा नं ४ मा १ हजार ४ सय ४१ मत खसेको छ ।

त्यस्तै वडा नं ५ मा १ हजार ९ सय ५६, वडा नं ६ मा १ हजार २ सय ११, वडा नं ७ मा १ हजार ३ सय ४२, वडा नं ८ मा १ हजार १ सय १७, वडा नं ९ मा १ हजार ६ सय ८४ र वडा नं १० मा २ हजार १ सय १८ मत खसेको छ ।

सिद्धलेक गाउँपालिका
सिद्धलेक गाउँपालिकाको ७ वटै वडामा १४ हजार ६ सय ७१ मत खसेको छ । गाउँपालिकाको वडा नम्बर १ मा २ हजार २ सय ११,वडा नम्बर २ मा २ हजार ७ सय ५४, वडा नम्बर ३ मा १ हजार ८ सय ७८, वडा नम्बर ४ मा १ हजार ८ सय ३३ मत खसेको हो । त्यस्तै वडा नम्बर ५ मा १ हजार ७ सय २०, वडा नम्बर ६ मा १ हजार ८ सय ७८ र वडा नम्बर ७ मा २ हजार ३ सय ९७ मत खसेको छ । तस्विर पुरुषोत्तम पण्डित

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्