निर्वाचनपछि स्थानीय युवाले गरे निर्वाचन केन्द्र सरसफाइ

धादिङ,३१ बैशाख ।

स्थानिय तहको निर्वाचन सकिए पश्चात सवैको ध्यान मतपेटिका जोगाउन र भोज भतेर तिर हुने गर्थे तर यस बर्ष नीलकण्ठ नगरपालिका वडा न ७ मा भने युवाहरुले रचनात्मक काम गरि सवैको मन जित्न सफल भएका छन् ।

नीलकण्ठ नगरपालिका वडा न ७ का युवाहरु मिलि मतदान स्थल सरसफाईमा गर्नाले उनिहरुको कामलाई सवैले प्रशंसा गरेका हुन ।
उम्मेदवारहरुलाई मतपेटिकाकै चिन्ता रहिरहदा स्थानीय युवाहरु भने मतदान स्थल सरसफाइमा ब्यस्त देखिन्थे ।

स्थानीय समाजसेवी अर्जुनकुमार श्रेष्ठको नेतृत्वमा मतदान केन्द्र कर्णेश्वर मावी निवुवास्वारामा सरसफाई गरिएको हो । केहि न केहि रचनात्मक काम गरौ भन्ने लागिरहेको अवस्थामा विद्यालय संचालन हुने दिनसम्म पनि सरसफाइ नहुने अवस्था हुन्छ कि भनेर यो पटक निर्वाचन कै दिन सरसफाई गरिएको श्रेष्ठले बताए ।

स्थानीय युवाहरूले निर्वाचन केन्द्रमा रहेको पानीका बोतल, चाउचाउको खोल प्लास्टिक लगायतका फोहोरको ब्यवस्थापन गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्