गल्छी–२ मा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका खतिवडा विजयी

धादिङ,०१ ज्येष्ठ ।
धादिङकोे गल्छी गाउँपालिका वडा नं २ मा नेकपा एमालेका उम्मेदवार षडानन्द खनाल प्यानल सहित बिजयी हुनुभएको छ ।

खनालले गठबन्धनको तर्फ बाट एकीकृत समाजबादीका उम्मेदवार रमेश थापालाई १६ मतान्तरले पराजित गर्दै बिजयी हुनुभएको हो । खनालले वडाअध्यक्षमा १०४७ मत प्राप्त गर्नु भएको छ भने गठबन्धनको तर्फ बाट एकीकृत समाजबादीका उम्मेदवारले १०३१ मत ल्याउनु भएको छ । खनालले २०७४ सालमा पनि यहि वडाबाट अध्यक्षमा जित्नु भएको थियो ।

वडा नं २ मा गाउँपालिका अध्यक्ष पदमा सुर्य चिन्हको १०३७ , कलम चिन्हको ८९५ र उपाध्यक्ष पदमा सुर्य चिन्हको ११२१ र रुख चिन्हको ८८१ मत प्राप्त भएको छ ।

यसअघि गल्छी गाउँपालिका–१ को वडाध्यक्षमा एमालेका यदु कुमार खतिवडाले गठबन्धनका तर्फबाट समाजबादीको वडा अध्यक्षका उम्मेदवार माधव प्रसाद खतिवडालाई १३९ मतले पराजित गर्दै विजयी हुनु भएको थियो ।

गल्छी गाउँपालिकाको १ र २ नम्बर वडाको मतगणना सम्पन्न हुँदा गाउँ पालिका अध्यक्षमा नेकपा (एमाले), केदारनाथ खतिवडालाई २ हजार ४ सय ४९ मत प्राप्त भएको छ भने गठबन्धनको समाजवादीका कृष्णहरी श्रेष्ठलाई १ हजार ६८७ मत प्राप्त भएको छ ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी राधा तिमल्सिनालाई २ हजार ४५ मत मत प्राप्त भएको छ भने गठबन्धनको नेपाली काङ्ग्रेसका भाइकाजी तिवारी १ हजार ९९०मत प्राप्त भएको छ ।

तस्बिर : केशव अधिकारी

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्