बेनिघाट रोराङ–३ मा काँग्रेस र एमालेबीच विवाद,पुनः मतगणना शुरु

धादिङ,०१ जेठ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ मा मतगणनाको विषयमा काँग्रेस र एमालेबीच विवादभएपछि पुनः मतगणना शुरु भएको छ ।

काँग्रेसका कार्यकर्ताले काँग्रेसका उम्मेद्वार ऋषि त्रिपाठी विजयी भएको भन्दै सामाजिक संजालमा प्रचार गरिरहेका बेला एमालेका कार्यकर्ताहरुले पनि वडा अध्यक्षका उम्मेदवार भुवन त्रिपाठी विजयी भएको भनेर दावी गरेपछि विवाद उत्पन्न हुँदा मतगणना कार्य रोकिएको थियो ।

काँग्रेस र एमालेका कार्यकर्ताहरुले आफ्नो आफ्नो उम्मेद्वारको पक्षमा नारावाजी सुरु गरेपछि तनाव उत्पन्न भएको थियो । बाक्लो संख्यामा प्रहरी परिचालन गरेर मतगणना स्थललाइ घेरावन्दी गरि पुनः मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मतगणनामा सहभागी एक प्रतिनिधिका अनुसार नेपाली काँग्रेसका नेता ऋषि त्रिपाठीले झिनो मत अन्तरमा (५ मत) विजय भएपछि एमालेका नेता कार्यकर्ताले नतिजा घोषणा गर्न नदिएपछि पुनः मतगणना सुरु गरिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्